२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

म्याग्दी । बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएदेखिको भत्ता पाएका छैनन् । हिमाली र पहाडी जिल्लाका प्रसूतिगृहमा सुत्केरी हुनेलाई प्रोत्साहनबापत रु दुई हजार र चार पटक गर्भजाँच गरेबापत प्रतिपटक रु २०० का दरले एकमुष्ठ रु तीन हजार ८०० उपलब्ध गराउने सरकारको कार्यक्रम छ  । 

Advertisement

अस्पतालले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा सुत्केरीले सरकारले दिएको सुविधाबाट वञ्चित भएको गुनासो गरेका छन् । बेनी अस्पतालमा सुत्केरी भएकी रिना विकले सरकारले दिएको सुविधाबाट बन्चित भएको गुनासो गरिन् । आमा सुरक्षा कार्यक्रमबाट सङ्घीय सरकारले सुरक्षित प्रसूति सेवामार्फत मातृ शिशु मृत्युदर घटाउन र स्वास्थ्यमा सुधार ल्याउन प्रोत्साहन भत्ता तथा यातायात खर्च दिने व्यवस्था मिलाएको छ । बेनी अस्पतालमा गत साउनदेखि यही असोज २० गतेसम्म १२६ ले प्रसूति सेवा लिएका छन् । 

अस्पतालकी नर्सिङ इञ्चार्ज मनदेवी गौतमले सुत्केरीलाई रित्तै घर पठाउन बाध्य भएको बताइन् । “विगतमा सङ्घीय सरकारले पठाउने अनुदानबाट सोधभर्ना दिने गरी अस्पताल व्यवस्थापन समितिको बजेटले साउन १ गतेदेखि नै सुत्केरीलाई भत्ता दिने गरिएको थियो”, उनले भनिन्, “यसपालि लेखापालले नमानेपछि सुत्केरीलाई भत्ता दिन सकेका छैनौँ ।” गत आर्थिक वर्ष २०७७/७८ मा १२३ शल्यक्रियामार्फत गरिनेसहित ७३४ ले बेनी अस्पतालबाट प्रसूति सेवा लिएका थिए । 

लेखापालको दरबन्दी नभएको सो अस्पतालमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पठाएका लेखापालले सहयोग नगरेपछि १२३ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । औषधि, उपकरण आपूर्तिकर्ता, विद्युत्, खानेपानी जस्ता अत्यावश्यक वस्तु आपूर्तिकर्ताको बिल भुक्तानी रोकिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुई कार्यालयसमेत हेर्ने गरी खटाइएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए । 

गण्डकी प्रदेश सरकारअन्तर्गतको उक्त अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाइ भए पनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जीतेन्द्र कँडेलले बताए । 

लेखापाल सुवेदीले भने धेरै कार्यालयको जिम्मेवारी भएको र महालेखा परीक्षकको टोली लेखापरीक्षणमा आएकाले अस्पतालमा समय दिन समस्या भए पनि तलब भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए । तलब नपाएपछि बुधबार दिनभर ६४ शय्या बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प बनाएर आन्दोलनमा उत्रिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल प्रशासन तथा व्यवस्थापन समितिले तलब उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि आजदेखि काममा फर्किएका छन् । 

ठूला चाडपर्व नजिकिएको र लामो समयको बिदा सुरु हुन लाग्दासमेत तलब नपाउँदा काम गर्ने वातावरण नभएको भन्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बुधबार दिनभर आकस्मिक तथा अस्पताल व्यवस्थापन समितिको कार्यालयमा धर्ना बसेपछि वार्ता भएको थियो । रासस

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने