ताजा अपडेट »

हैदरावादसँग बैंगलोर ४ रनले पराजित

विहीबार, २१ असोज २०७८, ०६ : ५६
6 Shares

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेनजर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले दिएको १४२ रनको लक्ष्य पछाएको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १३७ रन मात्र बनाएपछि बैंगलोरले खेल ४ रनले हारेको हो ।

यस अघि सनराइजर्स हैदरावादले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।यो जितपछि हैदरावादको १३ खेलमा तेस्रो जित हासिल गर्दै ६ अंक भएको छ । हैदरावाद प्रतियोगिताबाट भने बाहिरिइसकेको छ ।

त्यस्तै बैंगलोरको भने १३ खेलमा पाँचौ खेलमा हार बेहोरेको छ भने ८ खेल जितेर १६ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।