२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

सोलुखुम्बू । सोलुखुम्बूवासीले यस वर्षको दशैँमा नयाँ नोट नपाउने भएका छन् । सोलुवासीसँगै माथिल्लो सगरमाथाका तीन जिल्लासहित उदयपुरमा समेत नयाँ नोट नआउने भएको हो । नेपाल राष्ट्र बैंकले ४ असोजदेखि नै देशभरका शाखा बैंकबाट नयाँ नोट लिन सक्ने व्यवस्था गरे पनि यी चारवटा जिल्लामा भने नयाँ नोट नआएको सम्बन्धित बैंकहरूले जनाएका छन् ।

Advertisement

नयाँ नोटका लागि बैंकमा ग्राहकको भीड लाग्ने भए पनि नयाँ नोट नहुँदा समस्या भएको राष्ट्रिय वाणिज्य बैंक सल्लेरीका प्रबन्धक चित्र खड्काले बताए । नयाँ नोट नआउँदा र पुरानो खुद्रा रकमसमेत नहुने उनको भनाइ छ ।

यस्तै, नयाँ नोटको माग अत्यधिक भएको राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगाका निमित्त शाखा प्रबन्धक राजेश झाले बताए । स्टक रकम भएकाले राष्ट्र बैंकले नयाँ नोट नपठाउँदा ग्राहकलाई रित्तो हात फर्काउन बाध्य भएको उनको भनाइ छ ।

खोटाङ र उदयपुरमा पनि नयाँ नोट नआउँदा समस्या भएको बताइएको छ । नयाँ नोट लिनका लागि बैंक पुगेकाहरूलाई पुरानो नोट दिएर पठाउने गरेको राष्ट्रिय वाणिज्य बैंक खोटाङका शाखा प्रबन्धक काजी बस्नेतले जानकारी दिए । 

यता, नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने यस विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिएका छन् । विराटनगरमा रहेको राष्ट्रिय वाणिज्य बैंकसँग तत्काल जानकारी लिएर नोट पठाउने व्यवस्था गरिने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेदरल्यान्ड्सविरुद्धकाे अभ्यास खेलमा नेपालले टस हारयाे १२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा