ताजा अपडेट »

चीनबाट थप १६ लाख डोज भेरोसेल खोप कार्तिक पहिलो हप्ता आइपुग्ने

बुधबार, २० असोज २०७८, १५ : २४
10 Shares

काठमाडौं । चीनले सहयोग गर्ने थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म (कार्तिकको पहिलो हप्ता) काठमाडौं आइपुग्ने भएको छ।

चीन सरकारको सहयोगमा प्राप्त उक्त खोप २०, २२ र २३ अक्टोबरमा आइपुग्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए। चीन सरकारले पाँच मिलियन युयान रेनमिन्बी बराबरको चिकित्सा सामग्री सहायता गर्ने उनको भनाइ छ । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको छलफलमा चीन सरकारले उक्त रकम बराबरको सहायता गर्ने बताइएको छ। उक्त सहायता नेपालमा कोभिड प्यानडेमिकको तेस्रो लहर नियन्त्रणका लागि उपयोग गरिने श्रेष्ठको भनाइ छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।