१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

दार्चुला । पछिल्लो समय खलङ्गास्थित महेन्द्र नमूना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा परेको छ । जिल्ला सदरमुकामस्थित सो विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन अभिभावकलाई हम्मेहम्मे पर्न थालेको छ । अब्बल शैक्षिक गुणस्तर कायम राख्न सकेकै कारण विद्यालयमा विद्यार्थी आकर्षित भएका जनाइएको छ । जिल्लाका अन्य पालिकाबाट विद्यालयमा पढ्न आउने विद्यार्थी घट्नाको साटो झन बढेको बढ्यै छ । सुदूपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत सो विद्यालयलाई छनोट गरेको छ ।

Advertisement

सदरमुकाम खलङ्गामै दर्जनौ संस्थागत तथा सामुदायिक विद्यालय भए पनि नमूना माविमा भर्ना गर्नसके अभिभावक पनि खुसी हुन्छन् । सामुदायिक विद्यालय भए पनि विद्यालयले शिशु कक्षादेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेको छ । विद्यालयले २०७४ सालदेखि अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको हो । संस्थागत विद्यालयकै जस्तै विद्यार्थी आकर्षण गर्ने टाइ सहितको पोशाक र शैक्षिक विकास गर्ने अन्य गतिविधि यो विद्यालयले गर्नेगर्छ । अङ्ग्रेजी माध्यमबाटै पढाइ सुरु गरेपछि विद्यार्थीको भीड नै लागेको छ ।

चालु शैक्षिक सत्रमा विद्यालयमा आधारभूत तहमा २५८ , कक्षा ६ देखि कक्षा ८ सम्म ६१७ , कक्षा ९ देखि कक्षा १० सम्म ५९३ र कक्षा ११ र १२ मा ७८१ भर्ना भएका छन् । यसैगरी विद्यालयले २०७५ बाट सुरुआत गरेको डिप्लोमा इन सिभिल इञ्जिनीयरिङतर्फ १०४ गरी दुई हजार ४४७ विद्यार्थी भर्ना भइसकेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए ।

अझै पोष्ट डिप्लोमा अन्तर्गत भर्ना प्रक्रिया चलिरहेको छ । विद्यार्थीको चाप बढ्दै गएको छ । उहाँले भन्नुभयो, “सरकारी दरबन्दी विद्यालयमा न्यून छ । हामीसँग १८ शिक्षक र सात कर्मचारी मात्रै सरकारी दरबन्दीका छन् । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएपछि हरेक कक्षामा सेक्सन बनाएर चलाउनुपरेको छ । ६८ शिक्षक कार्यरत छन् । ” विद्यालयका अनुसार कक्षा ११ र १२ मा सात ÷सात सेक्सनमा पढाइ सुरु गरिएको छ ।

कक्षा १० मा पाँच, कक्षा ९ मा ६, कक्षा ८ मा चार, कक्ष ७ मा ४ र कक्षा ६ मा ३ सेक्सन छन् । प्रअ जोशीले भन्नुभयो “हाम्रो शिक्षक अनुपातले धान्ने जनशक्तिले ५०० भन्दा बढी विद्यार्थी धान्न सकिने अवस्था छैन । ” विद्यालयमा विज्ञान, वाणिज्य र शिक्षा सङ्कायमा पढाइ भइरहेको छ । सरकारले २०६२ सालमा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो । जिल्लाकै उत्कृष्ट शिक्षण सिकाइ भएको तथा भौतिक पूर्वाधार व्यवस्थापन, शैक्षिक व्यवस्थापनमा विद्यालय अब्बल बन्दै आएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्त महेन्द्र नमूना मावि जिल्लाकाभरीका अभिभावकको भरोसा बनेको जनाउँदै गुणस्तर निरन्तरता राख्नुपर्ने सुझाव दिन्छन् ।

सो विद्यालयमा ९ वटै स्थानीय तहका विद्यार्थी पढ्छन्, उनले भने, “अहिले विद्यालयको उचाइ जुनगतिमा पुगेको छ, त्यो निरन्तरता राख्न सक्नुपर्छ ।”विद्यालयका प्रअ जोशीले विद्यालयले शैक्षिक गुणस्तर कायम राख्न निरन्तर अभिभावकसँग सुझाव सल्लाहदेखि अध्यापनको शैलीमा विशेष ध्यान दिएको जानकारीदिए ।

उनले भने, “शिक्षकलाई पनि अपडेट राख्न सबै शिक्षकलाई ल्यापट दिने तयारी गरेका छौं । अभिभावकलगायत सबै क्षेत्रको सहयोग पाएकै कारण विद्यालयले क्षमता भन्दाबढी विद्यार्थीको व्यवस्थापन गर्न सकेका हौँ” उनले भने,“विद्यालय राम्रो बनाउनुपर्छ भनेर अभिभावक र जनप्रतिनिधिको पनि साथ छ ।” विद्यालयले चालू आर्थिक वर्षबाट भारतीय राजदूतावासका सहयोगमा विद्यालय बस सञ्चालनमा ल्याएको प्रअजोशीले जानकारी दिए । -रासस

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जब अक्षय हेलिकप्टरमा बिना सुरक्षा झुण्डिए … नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा