ताजा अपडेट »

भैरहवा नमूना माविमा विद्यार्थीको स्वागत तथा बिदाई

बुधबार, १३ असोज २०७८, १९ : ५७
60 Shares

भैरहवा । भैरहवा नमुना माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीलाई बिदाई गरिएको छ । भैरहवामा एक कार्यक्रमको आयोजना गरि कक्षा १२ को बिद्यार्थीलई बिदाई एवम कक्षा ११ का विद्यार्थीको स्वागत गरिएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कक्षा १२ को बिदाई संगै विश्वविद्यालयमा उच्च शिक्षाको ढोका खुलेको बताउँदै विद्यार्थीहरु गम्भिर भएर लाग्नुपर्ने बताए । कक्षा १२ को बिदाई संगै अब उच्च शिक्षा र विभिन्न अवसरहरु आई रहने हुदा बिद्यार्थीहरु गम्भिर भएर उज्वल भविष्य तर्फ लाग्नु पर्ने वक्ताहरुको जोड थियो ।

कक्षा १२ का विद्यार्थी ईरफान अलीको अध्यक्षता संविधान सभा सदस्य ईश्तियाक अहमद खाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव, सिनपा ५ का वडा अध्यक्ष चेत बहादुर खत्री, विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डे, मायादेवी च्यारेटिबल फाउण्डेशनका संस्थापक रवि कुमार रौनियार, कक्षा १२ का संयोजक ओम प्रकाश विश्वकर्मा लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक रामेश्वर सुवेदीले गरेका थिए । कार्यक्रमको अवसर पारी भैरहवामा क्रियाशिल रहेका पत्रकार विवेक विश्वकर्मा, कमल रायमाझी, राधेश्याम विश्वकर्मा र पुष्पा पौडेललाई सम्मानित गरिएको कार्यक्रम संयोजक सञ्जय कुमार गुप्ताले जानकारी दिई ।

यस्तै भैरहवा नमूना उच्च माविको नवगठित विद्यालय व्यवस्थापन समितिलाई स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न समेत भएको छ । आनन्द प्रसाद गुप्ताको अध्यक्षतामा गठन भएको व्यवस्थापन समितिलाई विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । समितिका अध्यक्ष गुप्तासहित सदस्य प्रेमराज भुसाल, सरिता सोनी र रबिन्द्र प्रताप गुप्तालाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।