ताजा अपडेट »

यी हुन् रुपन्देहीका कांग्रेस नगर सभापतिमा निर्वाचित सभापतिहरु

आइतबार, १० असोज २०७८, ११ : ०४
14 Shares

बुटवल। नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत शनिबार गाउँ नगर स्तरीय निर्वाचनहरु भएका छन्। १६ वटा स्थानीय तह रहेका रुपन्देहीका ५ वटा पालिकामा निर्विरोध नेतृत्व तथा समिति चयन भएपनि बाँकीमा निर्वाचन भएका छन्। शनिबार दिउसोबाट शुरु भएका मतदानका अधिकांश नतिजाहरु अबेर रातीसम्म आएका थिए।

जिल्लाका स्थानीय तह मध्ये लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छन्। ११ स्थानिय तहमा भने अन्तिमसमयसम्म सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।
यस्ता छन् नगरका सभापतिहरु :

बुटवल उपमहानगरमा तेस्रोपटक पाण्डे
बुटवल उपमहानगरपालिमामा नेपाली काग्रेसको नगर सभापतिमा खेलराज पाण्डेय विजयी भएका छन । उनले ४ सय १२ मत ल्याएका छन । देउवा र खाण नजिक मानिएकी उम्मेदबार रीता केसीलाई २ सय ८८ मत अन्तरले पराजित गर्दै आफनो लोकप्रियता समेत देखाउन सफल भएका छन । केसीले १ सय २४ मत ल्याएकी छिन ।

तिलोत्तमामा दोस्रो पटक पाण्डे
तिलोत्तमा नगरमा भएको निर्वाचन परिणाममा देउवा लाईनका हरिलाल पाण्डे केवल २ मत अन्तरले विजयी हुदै सभापतिमा दोहोरिएका छन । उनले १ सय ७४ मत ल्याएका छन भने उनको प्रतिस्प्रर्धी नारायण न्यौपानेले १ सय ७२ मत ल्याएका छन । बागी उम्मेदबारी दिएका हरि तिवारीले ३० मत ल्याउदा यसको फाईदा पाण्डेलाई देखिएको छ ।

सैनामैनामा खनाल
सैनामैना नगरमा भएको निर्वाचन परिणाममा देउवा लाईनका कृष्ण प्रसाद पोख्रेललाई २४ मतले पछि पार्दै रण बहादुर खनाल सभापतिमा विजयी भएका छन । खनालले १ सय २६ मत ल्याएका छन ।

देवदहमा भुर्तेल
देवदह नगरमा भएको मतदानमा गुनाखर भुर्तेल ३ मतको झिनो अन्तरले विजयी भएका छन । उनले १ सय ३ मतसहित सभापति पदमा विजयी भएका हुन । कुल खसेको २ सय ५ मतमध्ये प्रतिस्पर्धी झविन्द्र प्रसाद पाण्डेले एक सय मत ल्याएका छन । २ मत भने मदर भएको निर्वाचन अधिकृतले जनाएका छन ।

सिद्धार्थनगरमा खड्का
सिद्धार्थनगर नगरपालिकामा भएको निर्वाचन परिणाम सस्थापन पक्षका कोसिस बहादुर खड्का सहित उनको प्यानल विजयी भएका छन । खड्काले १ सय ३९ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी सन्जीव शर्मा रेग्मीले ९३ मत र सभापती पदकै अर्का उम्मेदवार सन्जिव गुरुङले २ मत प्राप्त गरे । निर्वाचनमा कुल मत २ सय ४१ खसेको थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा खाँ
लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहमद सहिद खाँ निर्विरोध बिजयी बनेका छन् । पार्टिमा कुनै गुट उपगुट भन्दापनि एकजुट हुनको लागि एक मात्रै उम्मेद्वार बनाईएको नगरसमितिले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।