ताजा अपडेट »

सेक्स भिडियो देखाएर १५ वर्षीया बालिकामाथि ९ महिनासम्म सामूहिक बलात्कार, २८ जना पक्राउ

शुक्रबार, ०८ असोज २०७८, १२ : २९
64 Shares

काठमाडौँ । एक किशोरीलाई नौ महिनासम्म बलात्कार गरिएको विषयमा भारतमा प्रहरीले अहिले छानविन गरिरहेको छ । १५ वर्षीया यी किशोरीमाथि बलात्कार गरेको अभियोगमा मुम्बईबाट २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गत जनवरीदेखि यी किशोरीमाथि निरन्तर बलात्कार भइरहेको थियो । 

स्थानीय मिडियाकाअनुसार पहिले यी किशोरीका प्रेमीले उनलाई बलात्कार गरे, उनले भिडियो समेत खिचेका थिए । त्यसपछि त्यही भिडियो देखाएर उनी र उनका साथीहरुले लगातार किशोरीलाई ब्ल्याकमेल गर्दै बलात्कार गरिरहे ।  मुम्बईका विभिन्न डोम्बीभिली, बदलापुर, मुर्वाद, राबालेलगायत विभिन्न ग्रामिण इलाकामा लगेर उनलाई बलात्कार गरिएको अधिकारीहरुले बताएका छन् । 

बुधबार राती यी किशोरीले अन्ततः प्रहरीमा यस घटनाबारे उजूरी दिएकी थिइन् । यी किशोरीले कुल ३३ जनाले बलात्कार गरेको बताएकी थिइन् । लगभग सबैलाई उनले चिनेकी छिन् ।  भारतमा सन् २०१२ मा दिल्लीमा एक युवतीको बलात्कार र त्यसपछि हत्या भएको थियो । ‘निर्भया प्रकरण’ नामले यो घटना कुख्यात थियो । यस घटनाले बढाएको जनआक्रोशपछि भारतले यौनजन्य अपराधविरुद्ध  कडा सजायको व्यवस्था गरेको छ । 

तर, कानून कडा हुँदाहुँदै पनि गम्भिर बलात्कारका घटनाका कमी आएको देखिँदैन । नेशनल क्राइम रेकर्डस् ब्युरोका अनुसार २०२० मा २८ हजार ४६ वटा बलात्कारका घटना दर्ज भएका थिए, अर्थात् दैनिक ७७ वटा बलात्कारका उजूरी परेका थिए ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।