ताजा अपडेट »

तिलोत्तमाको राममणिमा अभिमुखीकरण

आइतबार, ०३ असोज २०७८, १७ : ०२
6 Shares

तिलोत्तमा । रुपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह अन्तर्गत एम.बी.एस.का विद्यार्थीका लागि पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एम.बी.एस. कार्यक्रम कार्यक्रम संयोजक राजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले उत्कृष्ट एवम् गुणस्तरीय शिक्षाका लागि संस्थाले काम गर्दै आएको बताए ।

मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा एम.वी.एस. कार्यक्रम प्रमुख राजेन्द्र थापामगर, व्यवस्थापन संकाय प्रमुख खुमकान्त पाण्डे, डा. अशोक भण्डारी लगायतले अभिमुखीकरण प्रशिक्षण दिएका थिए । अभिमुखीकरण कार्यक्रममा एम.वी.एस. पहिलो सेमेष्टरका ७६ जना विद्यार्थीको सहभागिता रहेको प्राध्यापक विष्णुप्रसाद भुसालले जानकारी दिए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, नरेश भण्डारी लगायतले मन्तव्य राखेका थिए भने विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।