ताजा अपडेट »

एमालेले ल्याएका योजनाबाट प्रतिपक्ष आत्तिए : ओली

बुधबार, ३० भदौ २०७८, १६ : ४६
6 Shares

बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्व तत्कालिन सरकारले गरेको कामबाट प्रतिपक्ष आत्तिएको बताएका छन् । सरकारले विकासका लागि सयौं सडक,अस्पताल जस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियाबादीहरुले सरकार ढालेको आरोप लगाए ।

विकास निर्माणका काममा गति लिएको सरकारका विरुद्ध संगठित भएर प्रतिपक्षले विकासमा अवरोध पुर्याएर अन्ततः एमालेको सरकारलाई विकास गर्नबाट बञ्चित गरेको बताए । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको वृहत कार्यकता भेलालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि एमालेको यात्रामा हालको गठबन्धनको सरकारले रोकेको बताए ।

उनले भने ‘ हामीले शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो । हाम्रो सरकार तिव्र विकासको गतिमा अगाडि बढेको थियो । तर, अहिले हेर्नुस त २ महिना भयो मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।’

गठबन्धनको सरकारले गति लिन नसकेको बताउँदै उनले शेरबहादुर देउवा नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेको बताए । ‘यो सरकारले विकासका काम देख्नै सक्दैन । हामीले गरेका नियुक्त खारेजी गरेर आफ्ना अयोग्य व्यक्ति नियुक्त गरेको छ । हामीले शिलान्यास गरेका सडक ,स्वास्थ्य जस्ता पूर्वाधार निर्माणलाई खारेज गरेको छ । २ महिनासम्म २/४ जनाले चलाएको सरकारले जनताका लागि के गर्न सक्छ र ? ’ उनले प्रतिपश्न गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।