ताजा अपडेट »

एमाले विभाजन होइन, स्वार्थी र महत्वकांक्षी झुण्ड छुट्टिएका हुन् : पौडेल

बुधबार, ३० भदौ २०७८, १५ : ५१
6 Shares

बुटवल । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले नेकपा एमाले विभाजित नभई केही स्वार्थी र महत्वकांक्षी तत्वहरु छुट्टिएको बताएका छन् । एमालेलाई विभाजित गर्ने प्रयास गरे पनि यसलाई आफूहरुले सफल हुन नदिने दाबी गरे ।

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको वृहत कार्यकता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले केही समय पार्टी भित्र स्वार्थकेन्द्रित लडाई भएको उल्लेख गरे । माधवकुमार नेपालले आफ्नै पार्टीको सरकारलाई ढालेर नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउन आत्मघाति काम गरेको बताए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालको पछि केही झुण्डहरु लागेको बताउँदै उनीहरुको बारेमा धेरै टिप्पणी र चिन्ता गर्नु नपर्ने उल्लेख गरे ।

विगतमा पनि एमाले विभाजन गर्ने प्रयास असफल भएको बताउँदै नेता पौडेलले विभाजनका कुनै पनि प्रयासहरु रुपन्देहीमा काम नलाग्ने दाबी गरे । केही महिनाका लागि नेकपा एमाले प्रतिपक्षमा भए पनि छिट्टै बहुमतका साथ फेरी सरकारमा जाने उल्लेख गरे । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सेरबहादुर देउवा नेतृत्वको सरकारलाई तालातुली सरकारको संज्ञा दिदै उनले २ महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा आलोचना गरे ।

पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वमा सुकुम्बासीहरुको समस्या समाधानका लागि गठन गरिएको आयोग विघटन, दल विभाजन सम्बन्धि विधेयक लगायतका आलोचनात्मक कदम बाहेक केही गर्न नसकेको टिप्पणी गर्दै उनले देउवा नेतृत्वको सरकार जनताप्रति जिम्मेवार नभएको उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।