ताजा अपडेट »

माधव कुमार नेपाललाई सोँच्न बाध्य पारौं: नेता भुषाल

बुधबार, ३० भदौ २०७८, १५ : ३३
4 Shares

बुटवल । नेकपा एमालेका युवा नेता घनश्याम भूसालले पार्टी विभाजन गरेका नेता माधवकुमार नेपालले भविष्यमा भविष्यमा सोच्न बाध्य हुने दाबी गरेका छन् । एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष भएका नेता नेपाललाई सोच्न बाध्य पार्नेगरी व्यवहार गर्न पार्टी नेता कार्यकर्ताहरुलाई सुुझाव प्रस्तु गर्दै उनले सो कुरा बताएका हुन् ।

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन  गर्दै नेता भुसालले एमालेका सबै नेता कार्यकर्ताहरु बीचमा केही समय भाडिएको कुरालाई स्वीकार गरे । केही समय पार्टीमा आएको विचलनलाई लिएर व्यक्ति–व्यक्तिमा आरोप प्रत्यारोपमा लाग्न नहुने संकेतसहित नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘बीचमा हामी केही समय भाडिएकै हो । अब ठन्दा दिमागले सोच्नुपर्छ ।’–नेता भूसालले भने, ‘माधवकुमार नेपाल र अन्यलाई पनि सोच्न बाध्य पार्ने छौं, बोली बचन र व्यबहारमा सोचौं ।’

नेता भुसालले राष्ट्रको सम्पूर्ण जिम्मेवारी एमालेमा रहेको बताउँदै एमाले कमजोर र उत्ताउलो हुने कुनै छुट नभएको उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।