ताजा अपडेट »

देउवालाई टिका लगाएर प्रधानमन्त्री बनाएर पठाइयो: रायमाझी

बुधबार, ३० भदौ २०७८, १५ : ००
6 Shares

बुटवल । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले शेरबहादुर देउवालाई टिका लगाई दिएर प्रधानमन्त्री बनाएर पठाइएको बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले शेरबहादुर देउवालाई टिका लगाइदिएर प्रधानमन्त्री बनाइएको बताएका हुन् ।

‘जनदेशको विरुद्ध प्रमादेशबाट शेरबहादुर देउवालाई टिका लगाइदेर प्रधानमन्त्री बनाएर पठाइयो ।’ रायमाझीले भने ‘ यस विषयमा पार्टीको ह्विप नलाग्ने भएपछि पूरा डिजाइनमा सिमापार मात्रै होइन समुन्द्रपारको समेत एजेण्डा देशका सम्पूर्ण पार्टी एकातिर, विदेशी शक्ति केन्द्र एकातिर र केपी ओलीले नेतृत्व गरेको एमाले एकातिर पर्यो ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।