ताजा अपडेट »

१९ बर्षकै उमेरमा कांग्रेस वडासभापतिमा निर्वाचित स्वस्तिका यसो भन्छिन्

आइतबार, २० भदौ २०७८, ०८ : ३८
74 Shares
आइतबार, २० भदौ २०७८
74 Shares

बुटवल । ‘नगरपालिका भएर पनि हाम्रो टोल सहित प्रायः सिङ्गो वडावासी विद्युत बत्ती अभावमा अँध्योरामा बस्छन्’– शुक्रबार देलेखको दुल्लु नगरपालिका –३ मा नेपाली काग्रेसको १४ औं महाधिवेशनबाट त्यस वडा कार्य समिति सभापतिमा निर्वाचित १९ बर्षीया स्वस्तिका महतले भनिन्– ‘अबे मैले हाम्रो वडामा छिटो बत्ति बाल्नका लागि सम्वन्धित पक्षलाई घचघचाउने छु । ’

त्यस वडाको पिाली टोल नवासी स्वस्तिकाले गत बर्ष मात्रै नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएकी उनले राजनीति बुझ्न भर्खर भरखर मात्रै सुरु गरेको बताईन् ।अध्याान संगै राजनीतिलाई अगाडी बढाउने उद्देश्य राखेकी उनलाई कहाँ सम्म पुग्छु भन्ने छ रु भन्ने प्रश्नमा उनले छोटो जवाफ दिदै भनिन्–‘ हेरौं राजनीति बुझ्दै र सक्रिय हुँदै जाँदा कहाँ पुगिन्छ । ’ उनी नेपाली कांग्रेस दैलेखका पुर्व पार्टी उप–सभापति भुपेन्द्रजंग महतकी छोरी हुन् । बाबुको २०७६ साल कार्तिक ६ गते मृत्यु भएको स्वस्तिकाले बताईन् ।

उनकी आमा अरुण जिसी महत त्यहाँकी अस्थाई शिक्षक हुन्। दुई सन्तान मध्ये स्वस्तिका जेठी छोरी र सन्दिप महत कान्छा छोरा रहेको आमा अरुणा जिसी महतले बताईन् । अस्मिता नेपागञ्ज टेक्निकल कलेज बाट भर्खर एचए ९ हेल्थ असिस्टेनको ० पढाई सकाएर फर्केको र छोराले सुर्खेतको एभरग्रिज बोर्डिङ्ग स्कुलमा कक्षा ११ मा पढ्दै गरेको र आफु पनि यसपालीको महाधिबेशनबाट महाधिवेशन प्रतिनिधी निर्वाचित भएको सुनाईन् । वडा सभापतिका लागि तिन जनाको उमेदबारी परेकोमा स्वस्तिका सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत बिश्व बस्नेतले घोषणा गरेका थिए । स्वस्तिका सबै भन्दा कान्छि वडा सभापति भएको नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माले बताएका छन् । उनी परिवर्तनको नयाँ पालुवा भएको शर्माले विभिन्न सञ्चार माध्यमलाई बताएका छन् ।

त्यस दुल्लु नगरपालिकाका मेयर घनाश्याम भण्डारीले नवनिर्वाचित वडा सभापति स्वस्तिकाले नगरपालिका भित्र विद्युत सुविधा नभएको बिषय उठाएको कुरा सत्य भएको बताए । उ । उनले भने–‘ कुनै ठुलो विद्युतका योजनाहरु छैनन् । टुक्रे योजनाहरु हुन् । हामीले जिम्मेवारी सम्हाल्दा यस नगरपालिका भर जम्मा १७ प्रतिशत जनताले बिधुत बत्ति बाल्थे । अहिले हामीले करिव ६४ प्रतिशत जनतामा बत्ति पुराएका छौं । डाडो लाईनमा बत्ति बल्छ , तल भित्रै गाउँहरुमा झण्डै ४० प्रतिशत जनताको घरमा बत्ती बल्न बाँकी छ । स्वस्तिका भन्छिन्–‘ पोल गाडेको बर्षऔं भई सक्यो बत्ति आउने अत्तोपत्तो छैन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार