ताजा अपडेट »

बलात्कार घटना गाउँमै मिलाउन जनप्रतिनिधिहरुको दबाब

शनिबार, १९ भदौ २०७८, १३ : ५५
4 Shares

गुल्मी । केहि दिन अघि गुल्मीको अग्लुङ्ग गाउँमा ११ वर्षीया बालिका माथि भएको जघन्य प्रकारको बलात्कार घटना गाउँ मै मिलाउनका लागि स्थानीय जनप्रतिनिधी र नेताहरुले पीडित बालिकाका अभिभावकलाई दवाब दिदै आएको गुनासो गरिएको छ । साउन २० गते मदाने गाउँपालिका–१ को अग्लुङ्ग गाउँकी बालिकालाई हाडनाताको १७ वर्षीय दाजुबाट बलात्कृत भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कार आरोपी दाजुलाई साउन २६ गते पक्राउ गरि अनुसन्धान थालेको थियो ।

सोही क्रममा भदौ १३ गते आरोपी नाबालक भएकोले मुद्दा पुर्वक्षका लागि अदालतले कारागार पठाउन नमिल्ने भन्दै तारेखमा अभिभावकको जिम्मा लगाई घर पठाएको थियो । घर गएकको दिनदेखि पीडित बालिकाका अभिभावकहरुलाई आतंकित पार्ने गरि उक्त घटना गाउँमै मिलाउन दवाब दिएको भन्दै पीडितका अभिभावहरुले गुनासो गरेका हुन् । ‘हामी गाउँमा एक्ला भयौं, केहि जनप्रतिनिधी सहितका गाउँका मानिसहरुले अदालतमा मुद्दा लड्दा तिमीहरुको सम्पत्ती सकिन्छ, बरु गाउँमै मिलापत्र गरौं, १० लाख रुपैयाँसम्म मिलाई दिन्छौं भन्दै दवब दिई रहेका छन्’– पीडित बालिकाका बाबु आमाले भने– ‘दवाब सहन नसेकेर प्रशानमा गुनासो पोख्न सदरमुकाम तम्घास आएका हौं ।’

बालिकाकी आमा भन्छिन्-‘त्यस दिन म घर थिइन । छोरी घरमा मकै खाँदै रहेको बेला उ गोठमा पुगेर ‘लेउ बहिनी मकै खाउँ’ भन्दै बोलाएछ । मकै लगेर दिने बेलामा मेरी छोरीको मुख थुनेर बलात्कार गरेको कुरा साँझ सुनाई । मेरी छोरीको ईज्जत लुटेपछि मलाई त्यो १० लाख किन चाहियो ? उसले सजाय पाउनै पर्छ ।’ घटनालाई गाउँमै मिलाउन र अनेक प्रकारका धम्की दिन थालेपछि उनीहरुले प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मासँग पनि आफ्ना गुनासाहरु राखेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुर्षोत्तम प्रसाद पाण्डेले उक्त बलात्कार मुद्दा चलिनै रहेको तर आरोपी नाबालक भएकारण तारेखमा अदालतले अभिभावकको जिम्मा लगाएर पठाएको र दवाब दिएको भन्ने आधिकारिक जानकारी नआएको बताए । उनले बलात्कार मुद्दा सरकारवादी मुद्दा भएकोले पीडित पक्ष आवत–जावत गर्ने लगायतको खर्च सरकारले नै बेहोर्ने भएकाले मुद्दा लड्दा घर सम्पत्ती जान्छ भन्ने भ्रममा कोही नपर्न आग्रह गरे । तर सरकारी पक्षले प्रकृया पूराएपछि मात्रै रकम दिने भएका कारण गाउँमा ऋण काढेर बलात्कार घटनाका पीडित मात्र सदरमुकाम आवत जावत गर्ने गरेका छन् ।

यसैगरी गत साउन २८ गते आफ्नै घरमा ठूलो बाबुबाट बालत्कारको शिकार भएकी गुल्मीको कालिगण्डकी गाउँपालिका ७ भुर्तुङ्गकी ५ वर्षीया बालिकाकी आमा ऋण काढेर सदरमुकाम आउने जाने गरेकी छन् ।

मंगलबार उनी दोश्रो पटक जिल्ला प्रहरी कार्यालयमा आउँदा तीन जना गवाह सहित जिपमा आउँदा उनले ऋण काढेर १० हजार रुपैयाँ भाडा तिरेर आएको बताईन् । उनको सम्पत्तीका नामा पाईला टेक्ने जमिन छैन र घर समेत नभएर उनै ठूला बाबुको कोठामा डेरा गर्दै मजदुरी गरेर जीविको गर्दै आएको बताइन् । उनका श्रीमान पनि मजदुरी गर्दछन् । दुर्भाग्य मजदुरी गर्न हिडेको बेला हेरचाह गर्नु पर्ने ठुलो बाबु भन्नेले नै नाबालिका भतिजीको बलात्कार गरेको बालिकाकी आमाले सुनाईन् ।

ती बालिकाको कानूनी उपचार र सहजीकरणको लागि ईन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्यालले ईन्सेकको तर्फबाट १० लाख रुपैँया सहयोग उपलब्ध गराएका छन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार