२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

बुटवल । चीनका सियानमा हुने एसिया र युरोप स्तरीय युवा चित्रकला प्रदर्शनीमा बुटवलका विद्यार्थीहरुले कोरेका चित्रकलालाई पनि सहभागी गराइने भएको छ । बुटवल उपमहानगरपालिकाको भगिनी सम्बन्ध रहेको चिनको सियान सहरमा आगामी अक्टूबरमा हुन लागेको विश्वस्तरको चित्रकला प्रदर्शनीमा बुटवलका विद्यार्थीहरु पनि सहभागि हुन पाउने भएका हुन् ।

Advertisement

बुटवलबाट छानिएका पाँचवटा चित्रलाई सियान सिटीमा पठाइसकिएको बुटवलका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । यूरोप र एसियाका विभिन्न मुलुकका ९ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरुले कोरेका चित्रहरुको प्रर्दशनी हुँदैछन् । ‘यो संसारलाई हेर्ने मेरो नजर र संसारमा चिनाउने मेरो नेपाल’ भन्ने सोंचका आधारमा विद्यार्थीहरुले आ–आफ्ना विद्यालयमा चित्र कोरेका थिए ।

बुटवलका विद्यालयहरुबाट आन्तरिक प्रतिस्पर्धा गराई उत्कृष्ट भएका चित्रहरुलाई विज्ञहरुको मूल्यांकनका आधारमा छनौट गरि पाँचवटा चित्रलाई आयोजक सियान सिटीमा पठाइएको विदेश विभाग हेर्ने उपमहानगरका वरिष्ठ अधिकृत दिलबहादुर श्रेष्ठले जानकारी दिए । चित्रकला प्रदर्शनीमा विद्यार्थीलाई भौतिक रुपमा सहभागी गराउने नगराउने भन्ने विषयमा भने अझै टुंगो नभएको र आयोजकले पनि यसबारेमा अझै निधो नदिएको श्रेष्ठको भनाइ छ ।

बुटवल स्थित दीप बोर्डिङ स्कुलका कृष राना, कान्ति माविका प्रज्ववल पन्थी, न्यू होराइजन माविका आयशा थापा तथा कालिका मानवज्ञान माविका राजन न्यौपाने र नयाँगाउँ माविका पूर्णबहादुर थापाले कोरेको चित्रकलालाई क्रमश उत्कृष्टताका आधारमा छनौट गरिएको उपमहानगरका शिक्षा शाखाका प्रमुख टिकाराम पन्थीले जानकारी दिए ।

बुटवलका विभिन्न विद्यालयबाट कोरेर पठाइएका चित्रहरुलाई विज्ञ शान्ताराम गिरी, कृष्ण मल्ल र टिकाराम पन्थी सम्मिलित समितिले मूल्यांकन गरि उत्कृष्ट पाँचवटालाई मात्र छनौट गरेर उपमहानगरमा सिफारिस गरेको थियो ।

विश्वमा मित्रवत् सम्बन्ध बढाउने प्रदर्शनी
चीनको सांघाई को–अपरेशन अर्गनाइजेशनको आयोजना आगामी अक्टूबरमा हुने उक्त कार्यक्रम युरोप र एसियाका विशिष्ट अधिकारीहरु सहभागी हुनेछन् । यसलाई आयोजकले एक उच्च प्रकारको खुला स्तरको प्रदर्शनी भनेका छन् । विश्वका प्रमुख सहरहरुका बीचमा रहेको मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउने, त्यहाँका रिती, रिवाज, संस्कृति र परम्पराका माध्यमबाट संसारमा सद्भाव बढाउने सोंचले कार्यक्रमको आयोजना गरिएको सियान सिटीका अधिकारीहरुले बताएका छन् ।

बुटवलका विद्यार्थीहरुले कोरेको चित्रमार्फत यहाँको मात्र नभइ समग्र नेपालको रिति-रिवाज, संस्कार, संस्कृति, धार्मिक सद्भावको अवस्थालाई चित्रमार्फत प्रदर्शन गर्न लागिएको बुटवल उपमहानगरका प्रमुख सुवेदीले बताए । युरोप र एसियाका धार्मिक सद्भाव, सांस्कृतिक सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले यसप्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम गरिएको हो । समझदारी बढाउने, युवाहरुलाई संलग्न गराउने र उनीहरुमार्फत एक आपसमा सभ्यताको जानकारी लिने÷दिने छन् । बुटवल उपमहानगरपालिका र सियान सिटीका बीचमा केही वर्ष अघि भगिनी सम्बन्ध स्थापना भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता