ताजा अपडेट »

ड्रग्स प्रकरणमा बलिवुड अभिनेता अरमान कोहली पक्राउ

आइतबार, १३ भदौ २०७८, ०७ : ५३
6 Shares

काठमाडौँ । बलिवुड अभिनेता अरमान कोहली फेरी विवादमा आएका छन् । शनिबार ड्रग्स प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले अभिनेता कोहलीको घरमा छापा मारेपछि उनी विवादमा आएका हुन् ।साथै ब्युरोले कोहलीलाई ड्रग्स प्रकरणमा हिरासतमा लिएर सोधपुछ गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार कोहलीको घरबाट ड्रग्स समेत बरामद भएको छ ।ड्रग्स सप्लाई गर्नेहरुको सूचनाको आधारमा कोहलीको घरमा छापा मारिएको बताइएको छ ।कोहली पटक पटक विवादमा आइरहन्छन् । यस अघि २०१८ मा पनि उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।

उनलाई कानुन अनुसार घरमा १२ बोतलसम्म राख्ने अनुमति रहेकोमा घरमा नियम विपरित ४१ बोतल विदेशी ब्राण्डका स्कच ह्विस्की राखेको आरोपमा हिरासतमा लिइएको थियो । उनी यसअघि आफ्नी प्रेमिकालाई मारपिट गरेको आरोपमा पनि पक्राउ परेका थिए ।  फिल्म मेकर राजकुमार कोहलीका छोरा कोहली बलिवुडमा भने त्यति सफल हुन सकेका छैनन् ।    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।