१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

जाजरकोट । ‘पूर्ण जातीय छुवाछुतमुक्त अभियान’अन्तर्गत भेरी नगरपालिका–११ कटी गाउँस्थित दलित बस्तीमा वितरण गरिएका धुवाँरहित चुलो खरिदमा अनियमितता भएको बताइएको छ । 

Advertisement

कमसल खालका चुलो वितरण गरेर बढी बिल पेश गरी अनियमितता गरेको स्थानीयवासीको गुनासो छ । धुवाँरहित आधुनिक फलामे चुलो वितरण गर्ने भनि सम्झौता गरिए पनि टिनको कमसल खालको चुलोे वितरण गरिएको स्थानीयवासी दलबहादुर कामीले बताए । उनले आफूले लिएको चुलो एक दिन मात्र प्रयोग गरेर थन्क्याएको उल्लेख गर्दै टिनको चुलो भएकाले बाल्नेबित्तिकै निकै तातिने र वल्डिङ गरेको ठाँउबाट टुट्ने समस्या भएपछि चुलो प्रयोग गर्न छोडेको बताए । उनले चौरजहारीमा एक हजार ७०० पर्ने चुलोलाई सुर्खेतबाट १० हजारमा ल्याएको नक्कली बिल पेश गरेर आफूहरुलाई ठगी गरेको आरोप लगाए ।

नगरपालिकाले चुलो खरिद र वितरणका लागि कटिगाउँ कृषक समूहसँग सम्झौता गरी जिम्मा दिएको थियो । समूहमा नरबहादुर ऐर कामी अध्यक्ष, वीरमान वर कामी सचिव र मित्रकली वर कामी कोषाध्यक्ष छन् । तर चुलो कति रकममा खरिद गरियो भन्ने कुरा समितिका पदाधिकारीसमेत अनभिज्ञ छन् । समितिका अध्यक्ष नरबहादुरले आफूलाई फसाइएको बताए । “सस्तोमा खरिद गरेर समितिका पदाधिकारीलाई समेत गुमराहमा राखेर लाटासोझा मान्छेलाई ठग्ने कार्य भयो । यसमा मेरो पनि चित्त बुझेको छैन”, उनले भने । उनका अनुसार कोषाध्यक्षका श्रीमान् अमृत वर कामीले नै १३८ चुलो खरिद गरेर ल्याएका हुन् । विश्वासका आधारमा खाली चेकमा हस्ताक्षर गरेर आफूहरुले अमृतलाई दिएको र उनैले सुर्खेतबाट चुलो किनेर ल्याएका हुन् ।

अध्यक्ष नरबहादुरले नगरपालिकाबाट रु १३ लाख ५६ हजार निकासा भएकामा सम्झौताअनुसार अनुगमन र केही चुलो खरिदका लागि रु दुई लाख ५० हजार नगरपालिकालाई दिएको बताए  । त्यस रकमबाट २० वटा चुलो किनेर उपलब्ध गराएको उनले बताए । नगरले उपलब्ध गराएका चुलो राम्रो भएको तर समितिले खरिद गरेका चुलो निकै कमसल भएको उनको भनाइ छ । नगरपालिकाले दिएका चुलो राम्रो भएको र समितिले दिएको चुलो कमसल भएपछि गाउँमा विरोध भएको अध्यक्ष नरबहादुरले स्वीकार गरे । 

नगरपालिकाले दिएका २० चुलो राम्रो भएपछि खोसाखोस परेको थियो । जसले सक्यो उसैले लियो । पछि जानेले कमसल चुलो पाए स्थानीयवासीको भनाइ छ । कोषाध्यक्षका श्रीमान् अमृतले विपन्नलाई चुलो कार्यक्रमका लागि आफूले पहल गरेको तर खरिदमा आफ्नो संलग्नता नभएको दाबी गरे । “चुलो खरिद कहाँबाट भयो कसरी भयो मलाई केही जानकारी छैन”, उनले भने । भेरी नगरपालिका–११ का वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्यले पनि चुलो राम्रो नआएको भन्दै स्थानीयवासीले गुनासो गरिरहेको बताए ।

समितिका अनुसार नगरपालिकालाई चुलो खरिद र अनुगमनका लागि दिएको रु दुई लाख ५० हजार कटाएर बचेको रकमबाट १३८ चुलो रारा इञ्जिनीयर वर्कसप कम्पनी सुर्खेतबाट खरिद गरिएको थियो । एउटा चुलोको कम्तीमा आठ हजार बढी नै परेको देखिन्छ । जुन बजार मूल्यकोभन्दा निकै बढी हो । समितिका अध्यक्ष नरबहादुरले चित्त नबुझेर कम्पनीका धनबहादुर बुढालाई सम्पर्क गर्दा म के भनौँ साथीहरु उतै कुरा मिलाउहोस् भनेको बताए। 

नगरपालिकाबाट पूर्ण जातीय छुवाछुतमुक्त अभियानअन्तर्गतको रु १४ लाख ७५ हजार  रकम आर्थिक वर्षको अन्त्यमा आएको हुँदा यसलाई फ्रिज गर्नुभन्दा दलित बस्तीमा चुलो वितरण गरौँ भन्ने असल मनसायले कटिगाउँमा रहेको कटिगाउँ कृषक समूहका नाममा गत असार ११ गते सम्झौता गरी रकम निकासा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिश शाहले बताए । 

उनले रकमसमेत समूहका नाममा निकासा दिइएको र खरिदसमेत उनीहरुले नै गरेकाले यसमा नगरपालिकाको संलग्नता नरहेको बताए । गुनासो आएकाले यस सम्बन्धमा के भएको हो आवश्यक छानविन गर्न सकिने उनको भनाइ छ ।  रासस

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण