ताजा अपडेट »

नेपालमा ५० लाख ६३ हजारले लगाए कोरोना खोप

शनिबार, १२ भदौ २०७८, १३ : ४९
2 Shares

काठमाडौँ । हालसम्म नेपालमा ५० लाख भन्दा बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. पौडेलले शुक्रबारसम्म नेपालमा ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेको जानकारी दिए ।

उनले ४० लाख ५२ हजार ७६५ जना व्यक्तिले कोरोनाको दोस्रो मात्रा खोप लगाइसकेको बताए । डा. पौडेलले हालसम्म २० लाख ५२ हजार ७७ जनाले कोभिसिल्ड / एस्ट्राजेनेका खोपको पहिलो मात्रा पाएका छन् भने १० लाख ५९ हजार ७७८ जनाले पूर्ण खोप अर्थात दुबै मात्रा खोप पाइसकेका छन् ।

उहाँले ३० लाख १२ हजार ४४५ जनाले भेरोसेल खोपको पहिलो मात्रा र १६ लाख ४५ हजार २३८ जनाले दुबै मात्रा खोप लगाइसकेका बताउनुभयो । यस्तै एक मात्रा खोप लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको पूर्ण खोप १३ लाख ४७ हजार७४९ जनाले लगाइसकेका छन् । प्रवक्ता डा. पौडेलले गत वर्ष माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएकोमा ५० लाख बढीलाई खोप लगाउनु सकारात्मक विषय भएको बताए।

प्रवक्ता डा. पौडेलले एस्ट्राजेनिका खोप सबैभन्दा बढी बागमती प्रदेशमा पाँच लाख ५७ हजार ९२० जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेको जानकारी दिए । डा. पौडेलका अनुसार प्रदेश १ मा तीन लाख १४ हजार ११७ जनाले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । त्यस्तै प्रदेश २ मा कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाउनेमा तीन लाख २२ हजार ९११ जनाले पहिलो मात्रा खोप लगाएका छन् । गण्डकीमा दुई लाख आठ हजार ७७७, लुम्बिनीमा तीन लाख सात हजार ८७४,कर्णाली प्रदेशमा एक लाख १७ हजार २४८ र सुदूरपश्चिम प्रदेशमा दुई लाख २२ हजार २३० जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रदेश अनुसार भेरोसेलको दोस्रो मात्रा खोप लगाउनेहरुमा ७५ हजार ११८ जनाले लगाएका छन् । यस्तै प्रदेश २ मा ७८ हजार ४९७,बागमतीमा आठ लाख ५७ हजार २४७, गण्डकीमा एकलाख ८३ हजार २३४ ,लुम्बिनीमा तीन लाख १६ हजार १११ जनाले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाएका छन् । यस्तै कर्णालीमा ४४ हजार ८९१, सुदूरपश्चिममा ९० हजार १४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

सरकारले पहिलो चरणमा कोरोना उपचारमा खटिएका चिकित्सक,नर्स, सरसफाईकर्मी, सुरक्षाकर्मी,पत्रकार,यातायात चालक, बैङ्क, कूटनीतिक नियोग लगायतमा कामलाई प्राथमिकतामा राखेर खोप दिन सुरु गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।