ताजा अपडेट »

बुटवलका १५ सहित रुपन्देहीमा थपिए ३८ कोरोना संक्रमित

बुधबार, ०९ भदौ २०७८, २० : ३९
6 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १७० जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १५ जना, तिलोत्तमा नगरपालिकामा ६ जना, सैनामैना नगरपालिकामा १० जना, देवदह नगरपालिकामा ४ जना र सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, कञ्चन गाउँपालिकामा १/१ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन् । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२५ पुगेको छ । हाल जिल्लामा ४०३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच, स्वास्थ्य कार्यालय रुपन्देहीले कोरोना संक्रमणबाट जिल्लामा हालसम्म ५२५ जनाको मृत्यु भएको भन्दै गलत तथ्याङ्क सार्वजनिक गरेको छ । स्वास्थ्य कार्यालयले बुधबार कोरोनाबाट जिल्लाभर हालसम्म ५२५ जनाको मृत्यु भएको भन्दै गलत तथ्याङ्क सार्वजनिक गरेको हो । कार्यालयले दैनिक साँझ ४:४५ मा आफ्नो सामाजिक सञ्जालमा कोरोना अपडेट सार्वजनिक गर्दै आएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्दा हालसम्म रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२१ हुनुपर्ने हो । स्वास्थ्य कार्यालयले साउन ३ गते दिएको तथ्याङ्कमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको निधन भएको र योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२१ पुगेको रहेको छ ।

भदौं ३ गते यता हालसम्म कोरोनाबाट कुनै पनि संक्रमितको मृत्यु नभएको तथ्याङ्कमा छ । तर, स्वास्थ्य कार्यालयको आजको तथ्याङ्कमा भने पछिल्लो २४ घण्टामा मृत्यु शुन्य र मृत्यु हुनेको संख्या ५२५ पुगेको देख्न सकिन्छ । तर ४ जना मृतक कहिले थपिए भन्ने कुरामा स्पष्ट छैन् ।

यस विषयमा कुराकानी गर्न स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीलाई पटक/पटक फोन गर्दा पनि उनको फोन उठेन ।

स्वास्थ्य कार्यालय रुपन्देहीद्वारा मंगलबार(हिजो) सार्वजनिक तथ्याङ्क
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।