१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

गुल्मी । यहि भदौ ७ र ८ गतेका दिन पेरिसडाँडामा बसेको नेकपा मओवादी केन्द्र स्थाई कमिटीको बैठकले केन्द्र देखि जिल्ला तहसम्म जिम्मेवारी बाँडफाँड गरेको छ । सोही अनुरुप सो पार्टीको गुल्मी जिल्लाको इन्चार्जमा लक्ष्मण पन्तले जिम्मेवारी पाएका छन् । पन्त गुल्मी जिल्लाका पुराना कम्युनिष्ट हु्न । हाल भारत प्रवासी संगठनमा रहेका पन्तलाई त्यहाँबाट गृह जिल्लाकै नेतृत्व सम्हाल्न स्थाई कमिटीले जिम्मेवारी दिएको हो ।

Advertisement

गुल्मीको छत्रकोट गाउँपालिका–३ घर भएका पन्त २०३० साल देखि पुष्पलाल समुहबाट नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय हुँदै आएका पुराना नेता हुन् । उनी २०३० सालमा भएको किशान आन्दोलनका क्रमममा सदरमुकाम तम्घासमा प्रहरीको कुटपिट दमनको शिकार भएका थिए । २०४० सालमा उनले नेकपा मशालको सदस्यता लिएका थिए । २०४७ मा नेकपा एकता केन्द्रको जिल्ला कमिटी सदस्य र अखिल भारत नेपाली एकता समाजमा केन्द्रिय उपाध्यक्ष भएका थिए ।

प्रवासी संगठनमा क्रियाशिल उनी २०५८ सालमा माओवादी निकट क्ष्क्षेत्रीय व्युरो सदस्यका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनी त्यहाँबाट फर्केर २०६४ सालमा माओवादी पार्टी गुल्मीको ईञ्चार्जको जिम्मेवारी सम्हाल्दै त्यति बेलाको चुनाव सफल बनाउने बिशेष भुमिका खेलेका थिए ।

२०६९ सालमा भने उनी प्रचण्ड नेतृत्वको माओवादी संग फुट्दै बैद्य समहुको नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य भएका थिए । २०७२ सालमा उनी सोही पार्टीको पार्टीको सचिवालय सदस्य भएका थिए । त्यस यता उनी प्रचण्ड नेतृत्व कै संस्थापन पक्षमा फर्किए पछि उनी २०७३ सालमा माओवादी केन्द्रको सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग सह–इन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

२०७५ सालमा एमालेसंगको एकता पछि बनेको नेकपामा उनी केन्द्रिय सदस्य तथा प्रवास समन्व्य समितिको सह–इन्चार्ज र अन्तराष्ट्रिय विभाग सह–इन्चार्जको जिम्मेवारी समेत सम्हालेका थिए । २०७७ सालमा पुनः माओवादी केन्द्रको केन्द्रिय सचिवालय सदस्य तथा प्रवासको सोही जिम्मेवारीमा रहेका पन्तलाई पछिल्लो पटक पुनः गृह जिल्ला कै नेतृत्वमा खटाएको हो ।

माओवादी जनयुद्ध कालमा भारत प्रवासमा जनमत सिंर्जना गर्न र शिर्ष नेताहरुको सेल्टर ब्यवस्थापनमा महत्वपुर्ण भुमिका निभाउँने नेताका रुपमा पन्त चिनिन्छन् । बिकम अध्यान गरेका उनले माओवादी जनयुद्धताका भारतबाटै नेपाली आवाज र जनलहर पत्रिकाको प्रकाशक र सम्पादक गरेर त्यसको माध्यबाट पनि जनलहर सिर्जना गर्न उनको उत्तिकै भुमिका रहेको भारत प्रवासमा रहेका नेपालीहरु बताउँछन् । उनले यस अवधीमा पुस्तक लेखन पनि गरेका छन् ।

उनले ‘नेपालको आधुनिक इतिहास महत्वपूर्ण विषयहरुको समीक्षा’, ‘भारत नेपाल र छिमेक चार दशकका मुख्य घटना ’ लगायतका पुस्तक लेखन र नेपाली, अंग्रेजी र हिन्दी भाषामा नेपाल भारतका मुख्य धाराका काठमाडौ पोष्ट, नया पत्रिका, द वायरल गायतका लेखहरु पत्रपत्रिका र अनलाइनहरु प्रकाशित भएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु