ताजा अपडेट »

प्रिमियर लिगमा थप १६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

मंगलबार, ०८ भदौ २०७८, ०७ : ०२
2 Shares

बुटवल । गत एक हप्तामा प्रिमियर लिगमा थप १६ जना खेलाडी र क्लबका स्टाफलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रिमियर लिगले १६ देखि २२ अगस्तको बीच लिगले ३ हजार ६० जनाको परीक्षण गर्दा पहिलो चरणमा १२ र दोस्रो चरणमा थप ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि लिगको पहिलो हप्तामा ९ जना र १५ अगस्तअघि ११ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । प्रिमियर लिगले हरेक हप्ता दुई चरणमा गर्ने परीक्षणलाई कायम राख्ने भएको छ ।कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि चेल्सीका फरवार्ड क्रिस्टियन पुलिसिचले आइतबार आर्सनलबिरुद्धको खेल गुमाएका थिए । त्यस्तै, आर्सनलका डिफेन्डर बेन ह्वाइट पनि सङ्क्रमित बनेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।