१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उनलाई आफ्नै घरबाट गएराति १५ किलोग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

राईले प्रतिबन्धित लागुऔषध गाँजा घरमा लुकाइ राखेको भन्ने प्राप्त सूचनाका आधारमा खटिएको टोलीले उनको घर खानतलासी गर्दा सो परिमाणको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए । पक्राउ परेको राईविरुद्ध आज लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको उनले जानकारी दिए ।

उनका अनुसार राई लामो समयदेखि हलेसी क्षेत्रमा अवैध रुपमा गाँजाको कारोवार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघि गत चैत ४ गते हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीस्थित राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । प्रहरीका अनुसार गाँजा कारोवारमा संलग्न रहेका राई हाल फरार रहेका छन् ।

यसैबीच, भरुवा बन्दुकसहित शनिबार एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपलिका–७ हलेसीस्थित ऐँसेलुखर्कका ३७ वर्षीय खगेन्द्र राई रहेका छन् । राईले घरमा भरुवा बन्दुक लुकाइ राखेको प्राप्त सूचनाका आधारमा उनलाई पक्राउ गरेको र उनीविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा स्थानीय प्रशासनले अवैध हातहतियारमुक्त अभियानसमेत शुरु गरेको छ । सो अभियानअन्तर्गत गत बिहीबार ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीबाट १७ थान भरुवा बन्दुक सङ्कलन गरेको थियो । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो