ताजा अपडेट »

थप २ हजार ७५ जनामा कोरोना सङ्क्रमण, ३० जनाको मृत्यु

शनिबार, ०५ भदौ २०७८, १६ : ४६
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् ।

कूल १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।

थप २ हजार ३८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९२५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।

यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।