१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

काठमाडौँ। विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ करोड ९२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ८६२ जना संक्रमण मुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड ९२ लाख ४८ हजार ९५१ छ ।यही अवधिमा ६ लाख ७५ हजार ८५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या २१ करोड १४ लाख ८६ हजार ७४५ पुगेको छ ।

Advertisement

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ११ हजार ३०७ छ । यसमध्ये १ लाख ९ हजार ८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ९६० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ लाख २६ हजार ४९२ पुगेको छ ।खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ४७ हजार २१३ जनामा संक्रमण भएको छ । यस्तै थप १०५९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ४२ हजार २८१ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ७३ हजार ६५८ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ३३ हजार ९९८ संक्रमितको मृत्यु भएको छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा हिमाली भेगमा यसरी हुँदैछ बलिवुड चलचित्र उँचाईको छायांकन टी-ट्वान्टी विश्वकपमा आज पनि दुई खेल सुकाएको खर पानीले कुहिएपछि किसान मर्कामा