२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

बुटवल । भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनलाई बुटवलमा सम्मान गरिएको छ । उनलाई बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो । उनलाई संगितकार सुरेश सेञ्चुरी, नेपाल लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपु मगर, चर्चित गायिका मञ्जु पौडेल, क्लबका अध्यक्ष रामकुमार क्षेत्री लगाएतले टिका र खादाले सम्मान गरेका हुन् ।

Advertisement

सो अवसरमा भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनले कोसिस जारी रहेपनि फाइनलसम्म जित्न नसकेको बताएका छन् । उनले हजारौं नेपालीको साथ रहँदा पनि अन्तिमसम्म पुग्न नसेको प्रति शुभचिन्तकहरु सँग माफि मागेका छन् । उनले भने –‘भ्वाइस अफ नेपालको अन्तिमसम्म पुग्ने चाहाना थियो । कोशिस गरे । तर पुग्न सकिन।’ उनले भ्वाइस अफ नेपालमा लुम्बिनी प्रदेशबाट पहिलो पटक फाइलिष्टसम्म पुगेको गर्व लागेको बताए । पुनले आफूलाई ट्रफिको लोभ नभएपनि परिवार र शुभचिन्तकको लागि अन्तिमसम्म प्रयास गरेको बताए । उनले आफ्ना शुभचिन्तकहरुलाई निरास नहुन आग्रह गर्दै आफुले छिट्टै आफ्ना सिर्जनाहरु संगितको मार्फतबाट बाहिर ल्याउने बताए ।

यस्तै, कार्यक्रममा संगितकार सुरेश सेञ्चुरीले राज्यले संगितलाई वेवास्ता गरेको बताए । उनले देशका तीनै तहका सरकारबाट संगितलाई प्राथमिकता नदिएको प्रति दुःख व्यक्त गरे । सेञ्चुरीले समाजमा रहेका हरेक विषयवस्तुलाई संगितकोमार्फत उजागर गर्ने कलाकारहरु नै पीडित अवस्थामा परेको बताए । उनले कलाकारहरुलाई कतैबाट पनि हौसला नभएको दुख व्यक्त गरे । उनले भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनले पश्चिम क्षेत्रकै गौरभ राख्न सफल भएको भन्दै प्रसशां गरे ।

नेपाल लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपु मगरले राज्यबाट संगित क्षेत्र हेपिएको बताए । उनले खुबी हुँदाहुँदै पनि आर्थिक अवस्थाले गोविन पुन पछाडि परेको दुखेसो गरे । सो अवसरमा चर्चित गायिका मञ्जु पौडेल, गायक बसन्त क्षेष्ठ लगाएतले गोविन पुनको प्रशंसा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयामा स्वास्थ्य मन्त्रीको आकस्मिक निरीक्षण मोरङमा स्कुटर चालकको निधन : ठक्कर दिने बसमा आगजनी, स्थिती तनावग्रस्त अबैध सामानसहित एक महिला पक्राउ यस बर्षको मिस वर्ल्ड भारतमा हुने