ताजा अपडेट »

४ वर्षिया छोरी बलात्कारको आरोपमा ३६ वर्षिय ठूलो बुवा पक्राउ

शनिबार, ३० साउन २०७८, १९ : ०६
6 Shares

गुल्मी । गुल्मीमा ४ वर्षिया अवोध बालिका बलात्कार गरेको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिवार जारी गरेको सूचना अनुसार कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय निकृष्टराम परियार ( नाम परिवर्तन ) ले ४ वर्षिया भतिजी बालिकालाई बलात्कार गरेको आरोपमा निजलाई पक्राउ गरिएको हो ।

बिहीबार ती ४ वर्षिया बालिकालाई बलात्कार गरेको सूचना पाए लगत्तै भुर्तुङ्ग प्रहरी चौकीबाट खटिएको प्रहरीले आरोपीलाई पक्राउ गरि पीडित बालिकालाई लिएर शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।

शुक्रबार साँझ ८ बजे आरोपी परियारलाई नियन्त्रणमा लिई पीडित बालिकालाई मेडिकल गराई घटनाको अनुसन्धान भई रहेको प्रहरी प्रबक्ता डिएसपी पुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराई भन्छन्–‘पछिल्ला यी घटनाले सामाजिक मूल्य मान्यता भन्दा बाहिर अहिलेको नयाँ पुस्ता जान थालेको पाइएको छ । बलात्कृत ४ वर्षिया बालिकाका बलात्कार आरोपी ठूलो बुवा पर्दछन् । ’

उनका अनुसार पाँच दिन अघि गुल्मी कै अग्लुङ्ग गाउँमा १३ वर्षिया बहिनी नाता पर्ने दाजु भाईकी छोरीलाई १७ बर्षीय किशोरले बलात्कार गरेको आरोपमा पक्राउ गरि अनुसन्धान चलिरहेको छ ।

https://www.globalaawaj.com/archives/129299
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।