२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

तस्वीर: सामाजिक सञ्जाल

रौतहट । चन्द्रपुर नगरपालिका–१ मा सोमबार बिहान बोलबम यात्री सवार गाडी नहरबाट खस्दा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना बेपत्ता भएका छन् भने ५ जना घाइते छन्।

बिहान करिब ४ बजे वाग्मती नदीबाट जल लिएर बारास्थित काटघाट मन्दिर जाँदै गर्दा उनीहरू सवार ना५च ३१६६ नम्बरको बोलेरो गाडी नुनथर नहरमा पल्टिएको हो । मृत्यु हुनेमा बारा, गढीमाईकी ४५ वर्षीया मीनादेवी कोइरी रहेको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका डीएसपी लीलाराज लामिछानेले बताए। गाडीमा २० जना सवार थिए। प्रहरीका अनुसार दुर्घटनापछि ६५ वर्षीया सुनरीदेवी मुखिया नहरमै बेपत्ता भएकी छन् ।

घाइतेहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। घाइते सबै खतरामुक्त रहेको अस्पतालका चिकित्सक सुभाष चौधरीले बताए। प्रहरीले गाडी चालक अनिल शर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बेपत्ता महिलाको खोजीका लागि प्रहरीले नेपाली सेनासित मद्दत मागेको छ। अहिले नहरको पानी सुकाएर खोजतलास जारी राखिएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनायो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने