१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023


बुटवल । कोरोना भाइरस (कोभिड –१९)को त्रासका बाबजुत सतर्कता अपनाउँदै बन्द रंगशालाबाटै विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद आइतबार जापानको टोकियोमा सम्पन्न भएको छ ।

Advertisement

गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोनाका कारण एक वर्षपछि सारिँदा कोरोनाको त्रास नहटे पनि विभिन्न सतर्कता अपनाउँदै जापानको राजधानी टोकियोमा एक भव्य कार्यक्रमबीच ‘टोकियो ओलम्पिक २०२०’ को भव्य समापन भएको हो । टोकियो ओलम्पिकमा २ सय ६ राष्ट्रसँगै शरणार्थी टोलीका ११ हजार ३ सयभन्दा बढी एथलिटले ३३ खेलमा विभिन्न ३ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए ।

अब ३३औं संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा सन् २०२४ मा हुनेछ । ओलम्पिकको उद्घाटनमा नेपालबाट पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नेपालको झन्डा बोकेका थिए । समापनमा नेपालको झन्डा भोलेन्टरले बोकेका थिए । विश्व खेलकुदको कुम्भमेलामा वर्चस्व जमाउने अमेरिका यसपटक पनि पदक तालिकामा शीर्षस्थानमा रह्यो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य गरी कुल १ सय १३ पदक जित्न सफल भयो । चीनले अन्तिम दिन स्वर्ण जित्न नसकेपछि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।

चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी ८८ पदक जित्न सफल भयो । आयोजक जापान २७, स्वर्ण १४ रजत र १७ कास्य गरी कुल ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । दक्षिण एसियाली राष्ट्रबाट भारतले १ स्वर्ण पदकसहित कुल ७ पदक जितेको छ । टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, सदा झंै टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सीमित रह्यो । सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् । तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका थिए । जुडोकी सोनिया भट्ट र एथलेटिक्सकी सरस्वती चौधरीको फितलो प्रदर्शन रह्यो ।

प्रतिकृया दिनुहोस्

Flash News

अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो सत्ता गठबन्धनको बैठक सुरु विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु