२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधान र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । उनले राजनीतिक दल तथा नेताहरुलाई संवैधानिक तवरले र सञ्चारकर्मीहरुलाई स्वतन्त्र र निष्पक्ष भएर अघि बढ्न सुझाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा ‘आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले मुलुकको विकास र समृद्धिको लागि सञ्चारकर्मी र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए । उनले आफूहरुका कमी कमजोरीलाई औल्याई दिन समेत आग्रह गरेका छन् । हालै प्रदेश प्रमुख नियुक्त भएका शेरचन पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

Advertisement

उनले आफूलाई पार्टीको सदस्यको रुपमा नलिई दिन आग्रह समेत गरे । उनले भने, ‘म कुनैपनि पार्टीको सदस्य छैन । न त म सत्ता पक्षको पक्षमा छु न त प्रतिपक्षको पक्षमा छु । म संविधानअनुसार काम गर्छु ।’ उनले लुम्बिनी प्रदेशमा पछिल्लो समयमा भइरहेको राजनीतिक अस्थिरतालाई सहकार्य, सम्वाद र सहमतिबाट हटाउनु पर्ने बताउँदै यदि त्यसो नभएमा संवैधानिक रुपले अघि बढ्ने संकेत गर्दै प्रतिपक्षी र सत्तारुढ दललाई सहकार्य गरेर अगाडि बढ्न सुभाव दिए ।

आफूले अन्तरिम संविधान निर्माणमा सहमति गरौं भनेर प्रस्ताव राखेको सम्झना गर्दै मुलुकको विकास निर्माणमा सबै एकजुट हुन सुझाव दिएका हुन् । प्रदेश प्रमुख शेरचनले सञ्चारकर्मीहरुलाई स्वतन्त्र भएर कलम चलाउन आग्रह गरेका छन् । उनले कसैको प्रलोभनमा नपरि कलम चलाउँन आग्रह गर्दै संविधानले कलमजिवीलाई निर्धक्क रुपमा कलम चलाउन वातावरण दिएको बताए ।

रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सभापति तथा वरिष्ठ पत्रकार ऋषि धमलाले मुलुकका हरेक गतिविधीमा सञ्चारमाध्यम र सञ्चारकर्मीले सहयोग गरेको बताए । उनले मुलुकको विकास र समृद्धिको यात्रामा कलमजिवीको उल्लेखनीय भूमिका रहने बताए । लुम्बिनी प्रदेशको राजनीति चलखेलले मुलुक नै लज्जास्पद भएको बताउँदै मुलुकले स्वच्छ राजनीति चाहेको उनले बताए । ‘सांसद अपहरण यही प्रदेशमा हुन्छ, एउटा सरकार ढाल्न विपक्षीले ३/३ पटक अविश्वासको प्रस्ताव दर्ता गर्छन् । उनले थपे, ‘बजेट पास गर्ने बेला सत्तारुढ दलका सांसद नै बैठकबाट उठेर हिड्छन् । अत्ति भो ।’

जनताले विकास र समृद्धि चाहेको बताउँदै धमलाले राजनीतिक नेतृत्व नसुध्रिएसम्म विकास सम्भव नहुने बताए । उनले राजनीतिमा नैतिकता ठूलो कुरा हुने बताउँदै सहमति र सहकार्यबाटै अगाडी बढ्न प्रतिपक्ष र सत्तारुढ दललाई सुझाव दिए । यस्तै, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले विकास निर्माणका सबालमा लुम्बिनी प्रदेश मुलुककै उत्कृष्ट रहेको दाबी गरे । श्रेष्ठले सरकार जनताको पक्षमा रहेको बताउँदै प्रदेशको समृद्धिको यात्रामा प्रदेश सरकारलाई सबैको साथ जरुरी रहेको बताए ।

उनले कोरोनाको दोस्रो लहरले धेरै प्रभावित रहेको बताउँदै तेस्रो लहरको कोरोना नियन्त्रण र रोकथाममा प्रदेश सरकारले तयारी सुरु गरिसकेको दाबी गरे । उनले जिल्ला अस्पतालहरुको स्तरोन्नती तथा अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यमा सरकार अग्रसर रहेको बताए ।

यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले लुम्बिनी प्रदेशमा भईरहेको राजनीतिक चलखेलले आफूलाई सांसद भनेर सम्बोधन गर्दा पनि लज्जास्पद हुनुपरेको बताए । उनले सांसद विमला खत्री वलिको प्रशंगलाई लिएर मुख्यमन्त्रीकै सहभागितामा सांसदलाई अपहरण गर्ने कार्यले प्रदेशवासीको शिर निहुरीएको बताए । कनौडियाले सांसद वलीलाई बन्धक बनाएर राखेकोप्रति घोर भ्रत्सना गरे ।

उनले मुख्यमन्त्री शंकर पोखरेल पदको लागि लिसो टाँसिएझै टासिएको आरोप लगाए । उनले पटक-पटक मुख्यमन्त्रीको ध्यानाकर्षण गर्दा पनि सुनूवाई नभएको बताए । नेकपा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले लुम्विनी प्रदेशको राजनीति हलचलले लोकतन्त्रको मजाक भएको बताएका छन् । उनले गठबन्धन संविधानको सदैव रक्षामा रहेको बताए । उनले गठबन्धनले जनताको सपना मर्न नदिने बताउँदै जनताको शिर झुक्न नदिने दाबी गरे । प्रदेशका राजनीतिक घटनालाई धुलोपिठो पार्ने उनले बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, डा. बालकृष्ण चापागाँई लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यता, क्लबका केन्द्रिय सभापति ऋषि धमलाको विशिष्ट आतिथ्यता र सञ्चारकर्मी मोहन न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने