ताजा अपडेट »

चलचित्र ‘रे’ : नयाँ र पूरानाको समिश्रण

शुक्रबार, १७ साउन २०७६, १५ : ५६
2 Shares

म पूरानो चामल भएँ : कलाकार सुनिल थापा

ग्लोबल आवाज
बुटवल । आगामी साउन २४ गते प्रदर्शन हुन गइरेहको नेपाली चलचित्र ‘रे’ को टोली यतिबेला चलचित्रको प्रवद्र्धनमा लागि रहेको छ । निर्माता राजेन्द्र त्रिपाठी सहित कलाकारको टोलीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेको छ । टोलीले चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको सम्मेलनमा चलचित्र बारे जानकारी गराएको छ ।


चर्चित तथा पूराना कलाकार सुनिल थापाको मुख्य भूमिका रहेको चलचित्रमा नायक दिवश धिताल र नायिका सुजाता थापाको नयाँ जोडी पनि मुख्य भूमिकामा देखिएका छन् । चलचित्रको निर्देशन दिनेश पौडेलले गरेका छन् । उनी निर्देशित यो १९ औं चलचित्र हो । उनले यस चलचित्रमा नयाँ र फरक भन्दापनि पूरानै कथा वस्तुलाई फरक ढङ्गमा प्रस्तुत गरिएको बताए । उनले भने ‘जति चलचित्र बनाएपनि समाज र देश अनुसार बनाउने हो । तसर्थ कथाहरु दोहोरिन सक्छन् । तर,कलाकार, अभिनय र प्रस्तुती फरक हुन आवश्यकछ । हामीले पूराना कथामा नयाँपन दिन खोजेका छौं ।’ कलाकार सुनिल थापाले यस चलचित्रले नेपाली चलचित्र पनि व्यवसायिक बन्दैछन् भन्ने सन्देश दिने बताउँदै चलचित्रमा प्रविधि र जीवन्त अभिनयको समिश्रण रहेको बताए ।

https://youtu.be/sPcqmoPZChA?t=32

उनले आफू पूरानो चामल जस्तै भएपनि टिमवर्कका कारण चलचित्रमा राम्रो भएको बताए । एक करोड २५ लाख लागत लागेको चलचित्रमा एनिमेशनको प्रयोग रहेको निर्देशक पौडेलले बताए । पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ,रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको सञ्चालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।