६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

दमौली । व्यास नपा–१ हाईस्कुलटारमा चार करोड रुपियाँको लगानीमा सामुहिक भैँसीपालन गरिएको छ । सोही वडाका चार जना मिलेर सेती मादी नदिको किनारको जग्गामा जलबाराही पशुपन्छी फार्म सञ्चालन गरि दुई वर्ष अघिबाट भैँसीपालन गरेका हुन् ।

Advertisement

दुई वर्ष अघि सुरु गरिएको उक्त फार्ममा अहिले साना–ठूला गरि ११२ वटा भैसी रहेका छन् । ति मध्ये आधाले दूध दिन्छ भने २१ व्टा भदौ भित्रमा ब्याउने छन् । हाल बिहान बेलुकी गरि दैनिक आठ सय लिटर दुध उत्पादन हुने फर्म सन्चालक शर्मिला अधिकारीले बताए । भैँसी पालनमा सबै आफन्तहरु संलग्न भएको अधिकारीले बताए । यसो गर्दा सबैमा आत्मियता र अपनत्वको भावना जाग्ने अधिकारीले बताउनुभयो । भैँसी पालनमा जग्गा सहित चार करोड लगानी पुगिसकेको छ । भैँसी खरिद र गोठ तथा अन्य भौतिक पूवर्धार निर्माणकोलागि मात्रै २ करोड ८० लाख रुपैयाँ लगानी भएको अधिकारीले बताए ।

अधिकारीका श्रीमान् भने हाल बैदेशिक रोगजारीको क्रममा दुबईमा हुनुहुन्छ । श्रीमान बिदेशमा भए पनि आफु घरमा त्यसै बस्नु हुँदैन भन्ने ठानेर आफन्तहरुलाई सहमत गराई भैँसी पालनमा लागेको उनले बताए । फार्मका अर्का सन्चालक कृष्ण भन्डारीले दूध विक्रीबाट दैनिक ८० हजार रुपियाँ आम्दानी हुने बताए । सबै दूध फार्मबाट नै विक्री हुने भण्डारीले बताउनुभयो । ‘विहान ५ नबज्दै स्थानीय बासिन्दाहरु द्यूध लिन फार्ममा आईसक्नु हुन्छ ।’ भन्डारीले भने ‘शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई दमौली बजारबाट समेत दूध लिन आउनु हुन्छ ।’ अहिलेसम्म आफूहरुले बाहिरको डेरीलाई दूध विक्री गर्नु नपरेको भण्डारीले बताए ।

भैंसी पालनमा यती धेरै लगानी भईसके पनि कुनै पनि तहको सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाईएको अधिकारीले बताए। अनुदानकोलागि प्रदेश र संघ सरकारमा फारम भरेपनि अहिलेसम्म कोही पनि अनुगनम तथा निरीक्षणको लागि नआएको उनले बताए । ‘हुन त राज्यले अनुदान देला भनेर भैँसी पालन गरेको हैन’ अधिकारीले भने ‘तर पनि दुई चार वटा मात्र भैँसी पाल्नेले पनि अनुदान लिएको सुनिन्छ तर हाम्रो यती ठूलो फार्ममा अहिलेसम्म सरकारका मान्छेहरु हेर्न सम्म आएका छैनन् ।’

भैसीको लागि दाना र चोकरहरु सबै चितवनबाट ल्याउने भन्डारीले जानकारी दिए । दैनिक १५ बोरा भुस्सा र चार बोरा दाना खपत हुने उनले जानकारी दिए । भैसीलाई खुवाउनका लागि व्यास नपा १३ को पोखरीभन्ज्याङमा २३ रोपनी र व्यास नपा १० को निर्बुमा ४५ रोपनी जग्गामा घाँस खेती गरिएको छ । भैँसीबाट निस्कने मल मुत्र कृषकले सुन्तला र कागती खेतीकोलागि लैजाने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता