ताजा अपडेट »

गुल्मीमा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विहीबार, ३१ असार २०७८, १४ : ४५
4 Shares

गुल्मी । जीपको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो सदरमुकाम देखि नजिकै अर्खलेमा मोटरसाईकललाई जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । धुर्कोट तर्फबाट सदरमुकाम तम्घास आउँदै गरेको भे १ च १९४३ नम्वरको बलेरो जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३१ वर्षिय सुजन पाण्डेको मृत्यु भएका जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

रेसुङ्गा नगरपालिका–४ को अर्खलेमा भएको दुर्घटना स्थलबाट उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याएबम चालकको घटना स्थल मै मृत्यु भएको अस्पतालका मेसु डाक्टर उत्तम पाच्याले बताए । मोटरसाइकल सडकदेखि तल झरेको बताइएको छ । जीपमा सवार ५ जना मध्ये चार जना सामन्य घाइते भई जिल्ला अस्पतालमा ल्याइएको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष घमले बताए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार