ताजा अपडेट »

बालबालिकामा पनि देखिन थाल्यो संक्रमण

विहीबार, ३१ असार २०७८, १२ : १४
8 Shares

दाङ । दाङमामा बालबालिकामा पनि कोरोना देखिन थालेको छ । बुधबार तुलसीपुरका २ जना बालबालिकामा कोरोना पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी । उनका अनुसार उनीहरूलाई तुलसीपुर मेट्रो अस्पताल कोरोना आइसोलेसनमा भर्ना गरिएको छ ।

त्यस्तै उनीहरूको अवस्था भने सामान्य रहेको समेत उनले बताए । उनले भने,‘ दोस्रो लहरको समयमा पनि बालबालिकामा संक्रमण भएको थियो । तर, यो लहर हराउन लाग्दा फेरि बालबालिकामा कोरोना पुष्टि भएको छ । त्यसैले अझै सचेत रहन जरुरी छ । उनीहरूको बुवा आमालाई पनि कोरोना पुष्टि भएको छ ।

बुवा आमालाई पनि अस्पतालमा भर्ना गरिएको समेत उनले बताए । कोरोना संक्रमति भएका बालबालिकाहरूमा सामान्य लक्षण रुघाखोकी र ज्वरो आएपछि कोरोना परिक्षण गर्दा पुष्टि भएको फोकल पर्सन केसीले बताए । उनीहरूसँगै एउटै परिवारका ८ जनालाई कोरोना संक्रमण भएको समेत उनको भनाइ छ ।

अहिले अस्पतालमा २ जना ८ वर्षीय बालिका र १३ वर्षीय बालक सहित १० जना भर्ना भएका छन् । त्यसैगरी तुलसीपुरमा हाल ४० जना सक्रिय सङ्क्रमितहरू रहेको राति मध्य ८ जना, अस्पताल र ३२ जना होम आइसोलेसनमा रहेको समेत उनले बताए । त्यस्तै तुलसीपुरमा दोस्रो चरणको कोरोना महामारीमा ४ हजार १९६ जना संक्रमित भएको र ति मध्य कोरोना सङ्क्रमणबाट १०५ जनाको मृत्यु भएको छ ।

साथै जिल्लामा निषेधाज्ञा केही खुकुलो भएपछि पछिल्लो समय स्वास्थ्य लापरबाही बढेको भन्दै उनले तेस्रो लहरले बालबालिका लगायत सबैलाई आक्रान्त पार्न सक्छ र त्यसबाट सबै सचेत र सतर्क रहन समेत आग्रह गरेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी