ताजा अपडेट »

नमस्ते एकेडेमीमा कविता प्रतियोगिता

बुधबार, ३० असार २०७८, १८ : ३८
6 Shares

बुटवल । भानुजयन्तीको अवसरमा व्रिटिस कलेजको व्यवस्थापनमा सञ्चालित नमस्ते एकेडेमीमा भर्चूअल कविता बाचन प्रतियोगिता भएको छ । कक्षा १ देखि ९ सम्मका ८३ जना विद्यार्थीले भाग लिएका थिए ।

विद्यालयका प्राचार्य कमल प्रसाद सापकोटाका अनुसार कक्षा १ देखि ९ सम्म क्रमशः शान्भि घिमिरे, आरोन भण्डारी र सोफीया वान, रासिक घिमिरे, सत्यम् ढकाल र नेन्सी श्रेष्ठ, कृपज सापकोटा, खुशी चापागाई, सिभान्सु सुवेदी, आकृति कंडेल र सान्भी भारी मल्ल प्रथम भएका छन् ।
सो अवसरमा विद्यालयका सञ्चालक राजेन्द्र कुँवर, सह-प्राचार्य भीमजंग बस्नेत, मिना भटट्राई लगायतले बोल्दै उत्कृष्ट विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेका थिए । विद्यालयका शैक्षिक निर्देशक डा. मार्क बार्थलोम्युले कार्यक्रमको अवलोकन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।