ताजा अपडेट »

जन्मदिनमा वृक्षारोपण गर्ने सामुहिक संकल्प

सोमबार, २७ जेठ २०७६, १५ : ३७
6 Shares

जेठ २७ , बुटवल । रुपन्देहीको तिलोत्तमाका केही युवाहरुले वृक्षारोपण गरी जन्मदिन मनाउने संकल्प गरेका छन् । क्रियासिल सामाजिक संस्था नमस्ते नेपालमा आबद्ध सदस्यहरुले आफ्नो जन्मदिनमा वृक्षारोपण गर्ने सामुहिक संकल्प गरेका हुन् । संस्थाका अध्यक्ष अर्जुन खरेलको जन्मदिनको अवसरमा आयोजित सामुहिक प्रतिबद्धतामा उनीहरुले जन्मदिनमा वृक्षरोपण गर्ने सामुहिक संकल्प गरेका हुन् । जन्मदिनमा पार्टी, भोज र मोजमस्तिमा अनावश्यक खर्च गर्नुभन्दा सामाजिक कामको थालनी गर्नुपर्नेमा उनीहरुको जोड छ । समुहमा काम गर्दा हरेक सानो कामले पनि महत्वपुर्ण सामाजिक परिवर्तन ल्याउन सक्ने भन्दै सामुहीक संकल्प गरेको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताए ।

बिगतमा संस्थाले गरेका कामको सही मुल्यांकनका कारण संस्थाले समाजमा आफ्नो हरेक अभियानमा जनसमर्थन पाउने गरेको उनको भनाई थियो । कार्यक्रममा मदन भण्डारि स्पोर्ट्स एकेडेमी प्रदेश ५ का उपाध्यक्ष मीनप्रसाद पोखरेल, युवा संघ नेपालका केन्द्रिय सदस्य सरिता श्रीस, वडा प्रहरि कार्यालय बुटवलका प्रमुख हेम केसि, मणिमुकुन्द भलिबल क्लवका अध्यक्ष मिलन राना, शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्याल, बिद्यार्थी नेता अमृत भुसाल, बाबुराम गैरे लगायतले बोलका थिए । कार्यक्रममा रुपन्देहीको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको म्यांगो गार्डेनमा वृक्षा रोपण समेत गरिएको छ । संस्थाका अध्यक्ष अर्जुन खरेलको अध्यक्षतामा सम्पन्न सामुहिक संकल्प कार्यक्रमको संचालन श्रीधर अधिकारीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।