ताजा अपडेट »

नमस्तेमा नयाँ व्यवस्थापनसहित नयाँ कक्षाहरु

आइतबार, ३१ साउन २०७८, १० : ४८
6 Shares

बुटवल । रुपन्देहीमा रहेको एउटा विद्यालयमा ब्रिटिश कलेजले व्यवस्थापन गर्ने भएको छ । रुपन्देहीको तिलोत्तमामा रहेको नमस्ते एकेडेमीले ब्रिटिश कलेजसँग सहकार्य गरी ब्यवस्थापन गर्ने भएको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । रुपन्देहीबाट अन्तराष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यका साथ स्थापना भएको एकेडेमीले यो वर्षबाट कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकाय समेत शुरु गर्ने भएको छ।

एकेडेमीको आयोजनामा शुक्रबार भएको कार्यक्रममा नयाँ योजनाका बारे जानकारी दिएको हो। उच्च शिक्षाकै लागि विदेश पठाउने परिपाटी अन्त्य गर्ने लक्ष्यसहित नमस्ते एकेडेमी र ब्रिटिश कलेजको सहकार्यमा योजनाबद्घ रुपमा कार्यक्रम ल्याएको कार्यक्रममा जानकारी दिइएको छ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले निजी क्षेत्रको लगानीमा स्थापना भएको एकेडेमी समय सापेक्ष शिक्षा प्रदान गरेर अगाडि बढ्न सफल भएको बताए। नगरलाई शिक्षाको हब बनाउने लक्ष्य प्राप्तिमा सबै क्षेत्रको सहकार्य जरूरी रहेको बताउँदै घिमिरेले नगरमा ४२ वटा सामुदायिक र ४२ वटा संस्थागत विद्यालय रहेको जानकारी दिए । उनले सामुदयिक विद्यालयमा सरकारको ठूलो लगानी भएपनि त्यो अनुरुप प्रतिफल नहुनुको कारण खोज्ने काम पालिकाबाट भइरहेको जानकारी समेत गराए ।

एकेडेमीका निवर्तमान अध्यक्ष तथा लगानीकर्ता डिल्लिनारायण पाण्डेले ३ विगाहा क्षेत्रफलमा स्कूलको पूर्वाधार निर्माण भएको बताए । उनले विद्यालय कामको सिलसिलामा ब्यस्त रहने अभिभावकहरुका सन्ततीलाई लक्षित गरी सञ्चालन गरेअनुसार सेवा दिन सफल भएको बताए । विभिन्न पेशा,काममा व्यवस्त तथा वैदेशिक रोजगारमा गएका अभिभावकहरुका छोराछोरीलाई आवाज,स्याहारसँगै अन्तराष्ट्रिय स्तरको शिक्षा दिने लक्ष्यसहित स्थापना भएको एकेडेमी आफ्नो लक्ष्यमा पुग्न सफल भएको उनले दाबी गरे।

एकेडेमीका शैक्षिक संयोजक राजेन्द्र कुँवरले ३ वर्षको छोटोसमयमा नै शिक्षामा नयाँ ढंगबाट ल्याएको बताए । विद्यालयलय आवश्यकता अनुसार यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान र ब्यावस्थापन संकाय शुरु गर्ने बताए । एकेडेमीबाट एसइइमा यो वर्ष २५ जना विद्यार्थीहरु उतिर्ण भएका छन् । द ब्रिटिश कलेजका सिइओ राजन कंडेलले उच्च शिक्षाकै लागि विदेश पठाउने बाध्यताको अन्त्य गर्ने लक्ष्यसहित आफूहरु योजनाबद्घ रुपमा कार्यक्रम ल्याएको बताए। पश्चिम एशियाकै नमूना शिक्षा दिने संस्थाका रुपमा नमस्ते एकेडेमीलाई विकास गर्ने योजना रहेको उनले बताए। एक्काइसौं शाताब्दी ,समय–सापेक्ष शिक्षा दिने लक्ष्यसहित आफूहरु रणनीति तयार गरेर अन्य धेरै उत्कृष्ट विद्यालयहरुसँग सहकार्य गर्ने लक्ष्य रहेको बताउँदै उनले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धामा उतार्ने गरि शिक्षा दिइने बताए।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख घिमिरे,तिलोत्तमा नगर शिक्षा कार्यालयका प्रमुख गंगाराम आचार्य, एकेडेमीका निर्देशक मार्क बार्थोलोमिउ, एकेडेमीका अध्यक्ष विष्णुप्रसाद भुषाल,ब्रिटिश कलेजका सिइओ राजन कंडेल,एकेडेमीका निवर्तमान अध्यक्ष तथा लगानीकर्ता पाण्डे,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, एकेडेमीका उपाध्यक्ष डिबि थापाले एसईई २०७७ मा उत्तिर्ण विद्यार्थीहरुलाई खादा तथा मायाको चिनोबाट सम्मान गरेका थिए । त्यसैगरी लामो समयदेखि एकेडेमीमा अध्यापनरत शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।