११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

दाङ । क्षमताभन्दा बढी भार बोकेको भन्दै प्रहरीले दाङको तुलसीपुरमा रोल्पा र सम्राट सिमेन्टका २६ वटा ट्रिपरलाई नियन्त्रणमा लिएको छ । रोल्पाको बुढागाउँबाट चुनढुङगा लिएर सम्राट सिमेन्ट र रोल्पा सिमेन्टको अमिलिया डिपोमा जाँदै गरेका ट्रिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए । ट्रिपरको लाइन वीरेन्द्र चोकदेखि गोदामघरसम्म पुगेको छ । ओभर लोड, तिब्रगति र दुर्घटनाका बढी भएका कारण नियन्त्रणमा लिएको एसपी काफ्लेले बताए ।

Advertisement

“ढालाभन्दा माथिसम्म ढुङ्गा बोकेर ट्रिपर सडकमा दौडाइरहेको हुन्छ । त्यो ढुङ्गा खसेर मान्छेलाई लाग्यो भने मान्छे नै बाँच्दैन । सडकमा खाल्डाखुल्डी पनि यसैले बनाएको छ । दुर्घटना ट्रिपरकै छन्,” एसपी काफ्लेले टेलिफोनमा भने– “कतै मान्छे मारेर लुक्यो भने पनि प्रहरीलाई आपत हुन्छ । कहाँ जाने खोज्न । नम्बर प्लेट पनि राम्रगरी बुझीदैन । पूर्व झापाको ट्रिपर पनि यही छ । होङ्सी सिमेन्टको पनि यही छ । यसको रेन्सपोन्सविलिटी कसले लिने ।”

क्षेमताभन्दा बढी भार नबोक्ने बिषयमा छलफल गर्न दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय घोराहीमा बैठकसमेत बोलाइएको छ । छलफलमा नम्बर प्लेट स्पष्ट देखिनेगरी लेख्नु पर्ने, ढालाभन्दा माथिको भाग काट्नुपर्ने, क्षेमता भन्दा बढी बोक्न नपाईने, बजार क्षेत्रमा गतिलाई कम गर्ने लगायतका विषयमा ट्रिपर व्यवसायीसँग छलफल हुनेछ ।

यता प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले ट्रिपरको वेथिथी बढेकाले नियन्त्रण गर्न लागेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता