ताजा अपडेट »

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, ६ बजे शपथ

मंगलबार, २९ असार २०७८, १३ : ५५
4 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। यो सँगै देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बनेका छन् ।

देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको र ६ बजे शपथ हुने राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी विपक्षी गठबन्धनका नेता देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।  

यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए।  त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए। उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।