ताजा अपडेट »

एमाले स्थायी कमिटी बैठक स्थगित

मंगलबार, २९ असार २०७८, १२ : २१
2 Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएकाले बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। यसअघि दिउँसो १ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने तय थियो ।

आजको बैठकमा एमाले भित्रको आन्तरिक विवाद मिलाउनका लागि गठित कार्यदलमा भएको सहमतिको १० बुँदालाई अनुमोदन गर्ने तयारी थियो । अर्को बैठकको मिति तय भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।