ताजा अपडेट »

माओवादीमा मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

मंगलबार, २९ असार २०७८, १२ : ०२
6 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै टुंगो लगाउने भएको छ । 

मंगलबार पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो । देउवासँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेपछि मात्र मन्त्रीबारे टुंगो लाग्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘माओवादी केन्द्र सरकारमा सहभागि हुन्छ, त्यसका लागि मन्त्री तोक्ने जिम्मा अध्यक्ष कमरेडलाई दिएका छौँ, उहाँले देउवाजीसँग कुरा गरेर सरकारमा को-को जाने भनेर टुंगो लगाउनुहुन्छ ।’ श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने । 

बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने परमादेश दिने सर्वोच्च अदालतलाई धन्यवाद पनि दिएको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।