ताजा अपडेट »

बालुवाटार जाने/नजानेबारे छलफल गर्दै नेपाल पक्ष

मंगलबार, २९ असार २०७८, १० : २६
6 Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न छलफलमा जुटेको छ । 

अहिले नेताहरुबीच छलफल जारी रहेको एक नेताले जानकारी दिए । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओलीले दिउँसो १ बजे पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । 

नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए। त्यसकारण पनि नेपाल पक्ष बैठकमा जाने सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।