ताजा अपडेट »

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

सोमबार, २८ असार २०७८, १२ : ३८
6 Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

एमाले विवाद समाधान कार्यदलको बैठकले गरेको १० बुँदे सहमति अनुमोदनका लागि प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बोलाएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने जाने/नजाने कुरामा निश्चित भएको छैन । आइतबार राति भएको सहमतिमा नेपाल पक्ष असन्तुष्ट रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।