ताजा अपडेट »

अन्तरजातिय विवाह गरेको २० दिनमै मालतीलाई फर्काए माइतीले

शनिबार, २६ असार २०७८, १९ : १९
4 Shares

बुटवल । कैलाली जिल्लका एक जोडी अन्तरजातिय विवाह गरेर असुरक्षित भएको भिडियो भाइरल भएको समाचार देशैभरका सञ्चार माध्यमहरुले प्रमुखताका साथ बाहिर ल्याए । तर, ती जोडी २४ दिनदेखि जंगलमा बेपत्ता भएका थिएनन् । उनीहरु बाटोमा हिड्दै टिकटिक बनाएर पोष्ट गरेका थिए । ती जोडी थिए कैलालीको भजनी नगरपालिका–४ झझलियाका प्रकाश बिश्वकर्मा र सोही जिल्लाको जानकरी गाउँपालिका ८ की मालती रावल । भिडियो सहितको समाचार बाहिरिए लगत्तै कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीसँग सम्पर्क राख्यौं।

उनले भने–‘ त्यो भिडियो भाइरल भई सकेपछि मलाई सयौं कलहरु आए । अहिले ती जोडी हाम्रो सम्पर्कमा छन् र उनी सुरक्षित छन्। ति युवतीलाई भने हामी अब छिट्टै सम्पर्कमा लिँदैछौं। यी जोडी असार ४ गते बुटवलतिर भागेर गएका रहेछन् । २३ गते बुटवलबाट नेपालगञ्ज हुँदै फर्किने क्रममा कर्णाली पारिको सामुदायिक बनमा टिकटिक बनाएर पोष्ट गरेका रहेछन् । त्यहाँबाट २४ गते घर फर्किए । त्यसपछि माइतीजनले ति युवतीलाई लगेर गएको बुझिन आएको छ । उनले थपे–‘ भिडियोमा भनिए जस्तो २४ दिनसम्म जंगलमा लुकेर बसेका होइनन् , त्यसरी भिडियो भाइरल गर्नुपर्ने कारण देखिदैन।’

उनी लगत्तै हाम्रो टेलिफोन सम्पर्कमा उनै प्रकाश बिश्वकर्मा आए । उनले गला अवरुद्ध पार्दै भने–‘ गुम्न जाने क्रममा हाम्रो एक बर्ष देखि लभ थियो । उनी ब्याचलर पढ्ने मान्छेलाई मैले गाई भैसी फुकाए जस्तो गरेर लगेको होइन । हामी राजी खुशीले बुटवलको एक मन्दिरमा गएर विवाह गरेका हौं। रुकुम पश्चिममा नवराज बि.क.को घटना त त थाहै होला, हामीलाई पनि त्यस्तै हालत बनाउने धम्की आएपछि हामीले त्यो भिडियो बनाएर पोष्ट गरेका हौं । उनले आफूबाट खोसेर लगिएकी आफ्नी प्रेमिका मालतीलाई तल–माथि भए आफू मर्ने तर, न्यायका लागि आफू लडिनै रहने उद्घोष गरे । उनले आफूहरु घर आएको केहि बेर मै १८÷१९ वटा मोटरसाइकलमा र एउटा स्कारपियोमा मालतीका आफन्तजनहरु आफ्नो घरमा आई मालतीलाई जबरजस्ती गाडीमा राखेर लगेको र र रोक्न खोज्दा आफूलाई एक दुई जनाले कुटपिट गरेको सुनाए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार