१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

काठमाडौ । समावेशी आयोगमा नियुक्त पाँच पदाधिकारी खस–आर्य समुदायका मात्र छन्। यसले संविधानले कल्पना गरेको समावेशी आयोगको प्रतिनिधित्व नै असमावेशी भएको देखाएको छ।

Advertisement

नेपालको संविधानको धारा २५९ मा खस–आर्य, पिछडा वर्ग, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवं सीमान्तीकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णाली तथा आर्थिक रूपले विपन्न वर्गलगायत समुदायको हक अधिकारको संरक्षणका लागि अध्ययन तथा अनुसन्धान गर्न समावेशी आयोग गठन गर्ने व्यवस्था गरिएको छ। तर संविधानको यस भावनालाई सरकारले पूर्ण रूपमा बेवास्ता गर्दै खस–आर्य समुदायका व्यक्तिलाई मात्र आयोगमा सिफारिस गरेको हो।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी आयोगमा तीन पदाधिकारी नियुक्त गरेकी हुन्। सरकारले यसअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर समावेशी आयोगमा रामकृष्ण तिमिल्सिना, पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्रीलाई सिफारिस गरेको थियो।

रामकृष्ण कास्की, पुष्पराज पर्वत र खत्री बझाङका हुन्। संसदीय सुनुवाइबिना नै राष्ट्रपतिबाट उनीहरूको नियुक्ति भएका हुन्। संसद् नभएको बेला ४५ दिनसम्म संसदीय सुनुवाइ नभएपछि राष्ट्रपतिबाट स्वतः नियुक्त हुने संवैधानिक व्यवस्था भएअनुसार सिफारिस भएको सोही अवधि पूरा भएपछि आयोगमा ती पदाधिकारी नियुक्ति गरिएका थिए।

आयोगमा यसअघि कार्यरत दुई पदाधिकारी विष्णुमाया ओझा र हरिदत्त जोशी पनि खास–आर्य समुदायकै हुन्। आयोगमा खास–आर्य समुदायकै दुईजना हुँदाहुँदै सरकारले अरू तीनजना सोही समुदायकै व्यक्तिलाई आयोगमा मनोनयन गरेको थियो। आयोगका अध्यक्षमा रामकृष्ण तिमिल्सिना नियुक्त गरिएका छन्।

उनी सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार पनि हुन्। आयोगका सदस्यमा नियुक्त पुष्पराज तिमिल्सना राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाको सहोदर भाइ हुन्। संवैधानिक परिषद्मा राष्ट्रिय सभाका अध्यक्ष पदेन सदस्य हुने संवैधानिक व्यवस्था छ। संवैधानिक परिषद्को बैठकमा गणेश तिमिल्सनाले आफ्नै भाइलाई समावेशी आयोगको सदस्यमा सिफारिस गरेका थिए।

आयोगका प्रवक्ता पुष्कर भट्टराईका अनुसार राष्ट्रपतिबाट नियुक्ति तीन पदाधिकारीले पदबहाली पनि गरिसकेका छन्। समावेशी आयोगमा खस–आर्य समुदायको मात्र प्रतिनिधित्व भएको भनी उठाइएको जिज्ञासामा उनले भने, ‘यो राष्ट्रपतिबाट नियक्ति गरिएको विषय हो। यसबारे हामीले केही भन्न मिल्दैन।’

तर आयोगका अर्का एक कर्मचारीले भने समावोशी आयोगमा गरिएको नियुक्ति संविधानको भावनाविपरीत भएको बताए। आयोगमा संविधानको भावनाअनुसार अन्य क्षेत्रको पनि प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ छ।

समावेशी आयोगको पहिलो अध्यक्षमा शान्तराज सुवेदी नियुक्ति गरिएका थिए। तर उनले त्यहाँ धेरै समय काम गरेनन्। नियुक्ति गरिएको चार महिनामै उनले राजीनामा गरे। २०७६ साउनमा उनले राजीनामा गरेका थिए। त्यसपछि आयोगमा ओझाले कार्यवाहक अध्यक्ष भई काम गरिन। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो