२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । सामान्य विवादमा जेसिबीको बकेटले हिर्काएर हत्या श्रेष्ठको हत्या भएको हो । 

Advertisement

हत्यामा संलग्न रहेको आरोपमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ ठेकेदार दाहालसँगै वडा अध्यक्ष श्रेष्ठ सहितका टोली सौन्दर्यीकरण भईरहेको मुखलाल दास पोखरीको निरीक्षण गर्न गएका थिए । त्यही क्रममा सामान्य विवाद हुँदा आक्रोशित जेसिबी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ।  

हत्यापछि वडा अध्यक्ष श्रेष्ठलाई त्यही पुरेर चालक फरार भएका थिए । प्रहरीले सूचना पाउने बित्तिकै घटनास्थल पुगेर शव गाडेको ठाउँबाट शव निकालिएको बताइएको छ । 

के कारणले हत्या भएको खुल्न सकेको छैन । अहिले दुई जनालाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका