२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

बेइजिङ । चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी शहर निङ्ची जोड्ने रेल्वेसेवा शुक्रबार शुरु भएको छ । चिनियाँ स्टेट रेल्वे ग्रुपका अनुसार ल्हासादेखि निङ्ची जोड्ने यो रेलसेवा ४३५ किलोमिटरको छ । तिब्बती पठारमा निर्माण भएको यस पहिलो विद्युतीय रेल १६० प्रति किलोमिटर गतिमा गुड्न सक्ने व्यवस्था मिलाइएको छ । चिनियाँ मुख्य भूभागमा तिब्र गतिका बुलेट ट्रेन चलिरहेको फुक्सिङ कम्पनीले नै पछिल्लो रेलसेवा शुरु गरेको छ । अब चीनका सबैजसो क्षेत्रमा फुक्सिङको सेवा विस्तार भएको छ । दक्षिणपूर्वी तिब्बतलाई जोड्ने यो ऐतिहासिक क्षण भएको चिनियाँ रेलसेवाले जनाएको छ ।

यस तिब्र गतिको रेल मार्फत ल्हासाबाट यात्रुहरु शान्नान शहर ७० मिनेटमा पुग्न सक्नेछन् भनेर निङ्ची साढे तीन घण्टामा पुग्न सक्नेछन् । रेलमार्गको ९० प्रतिशतभन्दा बढी हिस्सा समुद्र सतहभन्दा तीन हजार मिटर माथि रहेको छ । यो रेलमार्ग सन् २०१४ मा निर्माण शुरु भएको थियो भने सन् २०२० को अन्त्यसम्ममा ट्राक (लिक) बिछ्याउने कार्य सम्पन्न भएको थियो । ल्हासा–निङ्ची रेलमार्ग हाल निर्माणाधीन सिचुवान–तिब्बत रेलमार्गकै हिस्सा हो । यो रेलमार्गले ल्हासालाई छिमेकी सिचुवान प्रान्तको राजधानी चेङ्दुलाई जोड्ने छ । साथै दक्षिणपश्चिम युनान प्रान्त र तिब्बत जोड्ने प्रस्तावित रेलमार्ग पनि यी रेलमार्गमा आबद्ध हुनेछन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका