२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023


समयको बेगले
घरी यता, घरी उता हुत्याउँदा
हातमुख जोड्ने बिवशताले
अलग–अलग बाटो डोर्याउँदा
तिमी तिम्रो राजमार्ग अनि म मेरो गोरेटो पछ्याइरहँदा
के तिमीलाई पनि मलाई जस्तै अतित का यादहरु ताजै छन् साथी ?

Advertisement

ती रुँदै स्कूल कुदेका पल
ती हाँस्दै खोला धाएका पल
बाटाभरी ऐसेलु र चौतारी खोसाखोस गरेका क्षण
खोलै तर्काएर माछा भन्दै चेपा मारेका क्षण
त्यो मोजाको भकुण्डो
त्यो ढुङ्गाको लक्कु
हामी चोर , तिमी पुलिस
के यस्तै अतितका पलहरु मलाई जस्तै तिमीलाई पनि ताजै छन् साथी ?

ती सलाईका तास
ती चुङ्गीका खात
झोला भरीका गुच्चा
त्यो थालको मादल
त्यो चौताराको पिङ्ग
त्यो चारपाटे ढुस
हार्दा निधारभरीको चोट
अनि सुटुक्क घर पुग्दा,
बा को चुटाई, हजुरबाको भकारी भरीको माया ।
सपना जस्तै लाग्ने ती अतितका छाल, मलाई जस्तै के तिमीलाई पनि सम्झना छ साथी ?

कहिलेकाही भक्कानिन्छु साथी
अतित बल्झिन्छ र पो सम्झिन्छु
गमेर ती बितेका पल ।
त्यो पेप्सीको घोएत्रो
त्यो भुड्की फोरेर किनेको चिम–चिमे घडी
लट्टू नचाउँदाको खुसी
त्यो ककफाइट को मजा अनि हुतुुतुतु…
जीवन जीउने चक्करमा कतै टाढा
धेरै टाढा, नौ डाडापारी छुटेका यी समयका खेलहरु
के मलाई जस्तै तिमीलाई पनि ताजै छन् साथी ?
के मलाई जस्तै तिमीलाई पनि ताजै छन् साथी ?

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?