१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

परासी । पश्चिम नवलपरासीका विभिन्न सीमावर्ती नाकाबाट छिरेका खेत रोप्ने भारतीय श्रमिकलाई खोजीखोजी फिर्ता पठाइएको छ । सीमावर्ती नाकामा आउ-जाउमा रोक लगाइएपनि करिब २ हजार बढीको संख्यामा भारतीय श्रमिकहरू जिल्ला छिरेका थिए ।

ठूलो संख्यामा श्रमिकहरू छिरेसँगै नाकाको कडाइ फितलो देखिएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित शसस्त्र र नेपाल प्रहरीका जिल्ला प्रमुखहरूको टोली आफैं पुगेर उनीहरूको खोजी गरेको थियो । जिल्लाका विभिन्न ठाउँमा समुह बनाएर हिँडिरहेका भारतीय श्रमिकहरूलाई नियन्त्रणमा लिएर उनीहरु जताबाट आएको हो त्यतै फुकाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । उनीहरूलाई फिर्ता पठाउन प्रहरीले गाडी र टेस्टरको व्यवस्था गरेर महेशपुरको नाकासम्म पुर्‍याएको थियो । त्यहीबाट उनीहरु भारततर्फ गएका हुन् ।

अझ पनि श्रमिकहरूको निगरानी गरी खोजी भइरहेको मिश्रले बताए । प्रमुख नाका बन्द रहेकाले सुरक्षाकर्मीको आँखा छलेर उनीहरु खेत र अन्य बाटो प्रयोग गरेर जिल्ला छिरेको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाई छ ।हरेक वर्ष खेत रोप्ने समयमा कामको खोजी गर्दै भारतको उत्तर प्रदेश र बिहारबाट श्रमिकहरू जिल्लामा आउने गरेका छन् । भारतमा भन्दा नेपालमा ज्याला बढी पाइने भएकाले रोपाइँको समयमा उनीहरु नेपाल आउने गर्दछन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ अत्याधिक गर्मीका कारण रुपन्देहीको सियारीमा विद्यालय विदा तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान