ताजा अपडेट »

रोहिणीको बजेट ५६ करोड बढी : उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने (पूर्णपाठ सहित)

विहीबार, १० असार २०७८, १८ : ५५
2 Shares

भैरहवा । रोहिणी गाउँपालिकाले गाउँपालिकामा रहेका आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राखी उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको बिहिबार सम्पन्न भएको नवौं गाउसभामा पेश भएको आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रममा “उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम” समेटिएको छ । निति तथा कार्यक्रममा प्रजनन स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्न प्रसुति गृह निर्माण र सञ्चालनलाई ब्यवस्थित र प्रभावकारी बनाईने भनिएको छ । श्रावण १ गते देखी नै कार्यान्वयन हुने गरि उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।

गाउँपालिकाको ग्रामीण क्षेत्रमा सुरक्षित सुत्केरी बारे सचेत भए पनि नियमित चेकजाँचमा अझै सचेतना आवश्क रहेको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए । यसको लागी उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम ल्याईएको उनले बताए । कार्यक्रम अन्र्तगत बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुती गराएका रोहिणी गाउँपालिका भित्र स्थायी बसोबास भएका सुत्केरी महिलालाई “उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम” अन्र्तगत पोषण सामाग्री उपलब्ध गराउने नीति लिईएको उनले बताए ।

बिहिबार सार्वजनिक भएको निति तथा कार्यक्रममा गाउँपालिकाको दिर्घकालीन विकासको अवधारणा अनुसार निति लिईएको छ । यसको लागी स्वास्थ्य, कृषि, शिक्षा, सामाजिक विकास, भौतिक पूर्वाधार लगाएतका बिषयलाई प्राथमिकतामा राखी सोही अनुसारको योजना बनाईएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।

बजेट कार्यान्वयनमा देखा परेको वर्तमान चुनौतिलाई हेर्दै यस बर्ष साउन देखी नै योजना तथा कार्यक्रमहरु सुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले बताए । “हाम्रो रोहिणी राम्रो रोहिणी” भन्ने मान्यताका साथ कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, संस्कृति र सभ्यतालाई रोहिणी गाउँपालिकाले अघि सारेको उनले बताए । सुखी जनता र समृद्ध रोहिणीको प्रतिवद्धता भन्ने दीर्घकालिन सोच र विकासका सबै चरणहरुमा जनताको अर्थपुर्ण सहभागिता सहित सन्तुलित र चौतर्फी विकास नै गाउँपालिकाको प्राथमिकता रहेको उनले बताए ।

यस बर्ष कोभिड–१९ को कारण गाउँपालिकाको बिकास निर्माण देखी अन्य सबै कार्यहरु प्रभावित भएको र बेरोजगारी समेत बढाएको अवश्थामा पालिका स्तरमै रहेका बिभिन्न औद्योगिक प्रतिष्ठानको सहकार्यमा रोजगारीको ब्यवस्था गरिदै छ । यस अतिरिक्त गाउँपालिकामै कृषिलाई प्राथमिकतामा राखी स्वरोजगारको अवसर पनि उपलब्ध गराईने निति ल्याईएको छ ।

दीर्घकालीन कृषि योजनाले अवलम्वन गरेका नीतिहरुका आधारमा खाद्यान्न बाली, नगदे बाली, तेलहन बाली, दलहन बाली तथा च्याउ खेती, व्यवसायिक तरकारी खेती, माछापालन, कुखुरापालन तथा पशुपालनको लागि नश्ल सुधार तथा धान र गहु बालीको पकेट क्षेत्रको रुपमा विकास गरिने गाउँपालिकाले जनाएको छ । यसको लागी संघीय र प्रदेश सरकारको समेत सहयोगमा कृषिलाई उकास्ने काम गरिने उल्लेख छ ।

यसै बिच रोहिणी गाउँपालिकाले ५५ करोड ७२ लाख ३० हजार बराबरको आर्थिक बर्ष २०७८÷०७९ को अनुमानित बजेट पनि पेश गरेको छ । यस मध्ये आन्तरिक आयबाट २ करोड १५ लाख, संघिय सरकारबाट ४२ करोड २४ लाख ७७ हजार, प्रदेश सरकारबाट ४ करोड २२ ाख ५३ हजार, जिल्ला समन्वय समितिबाट २ करोड ४० लाख, अन्य श्रोतबाट प्राप्त हुने १ करोड ७० लाख, र बैंक मौजदात ३ करोड रहेको छ । आर्थिक बर्ष २०७८÷०७९ को बजेट पेश गर्दै गाउँसभा सदस्य ईन्द्रमान चौधरीले गाउँपालिकाले आर्थिक विकासमा ३ करोड ७४ लाख ६ हजार, सामाजिक विकास तर्फ २६ करोड ९३ लाख २३ हजार, पूर्वाधार विकासमा १३ करोड ३४ लाख ६५ हजार, सुशासन तथा अन्तरसम्बन्ति क्षेत्र तर्फ २ करोड ५० लाख ३६ हजार र कार्यालय सञ्चालन तथा ब्यवस्थापन तर्फ ९ करोड २० लाख रुपैया बिनियोजन गरेको बताए ।

२ पत्रकार ‘रोहिणी पत्रकारिता पुरस्कार’बाट सम्मानित

नवौं गाउँसभा कार्यक्रममा रोहिणी गाउँपालिकाले “रोहिणी पत्रकारिता पुरस्कार” को स्थापना गरेको छ । गाउँसभाको अवसर पारी रुपन्देहीका २ जना पत्रकारलाई गाउँपालिकाले उक्त पुरस्कार प्रदान गरेको छ । यसरी पुरस्कृत हुनेमा उज्यालो सन्देशका सम्पादक विवेक कुमार विश्वकर्मा र लुम्बिनी खबरको धकधई प्रमुख पशुपति यादव रहेका छन् । गाउँपालिका भएका क्रियाकलापहरु आलोचनात्मक तरिकाले उजागर गरेको र गाउँपालिकाको समस्याहरु सञ्चारमाध्यमबाट प्रचार प्रसार गरेको बताउदै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र उपाध्यक्ष शिवकान्ती हरिजनले जनही नगद १० हजार सहित २ जना पत्रकारलाई पुरस्कृत गरेका हुन । आगामी दिनमा पनि कार्यविधि बनाई यो पुरस्कारलाई निरन्तरता दिईने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

पूर्णा पाठ

रोहिणी गाउँपालिका रूपन्देहीको
आर्थिक बर्ष २०७८र८९ को बार्षिक नीति तथा कार्यक्रम

सभाका अध्यक्षज्यू, सदस्यज्यूहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षाकर्मीहरू, पत्रकारहरू,
रोहिणी गाउँसभाको गरिमामय गाउँसभामा आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको छु। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-19 (दोस्रो भेरियन्ट) को प्रभाव परिरहेको वर्तमान चुनौतिपूर्ण अवस्थामा गाउँसभालाई सम्बोधन गरिरहँदा म संघीय शासन प्रणाली र समाजबाद उन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापनाका लागी पटक(पटक भएका आन्दोलन र संघर्षहरुमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात(अज्ञात शहिदहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । कोरोनाको प्रभावबाट प्रभावित भै ज्यान गुमाउनु भएका रोहिणीवासी नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु । साथै विरामी भई विभिन्न अस्पतालहरुमा उपचार गराईरहनु भएका तथा होम आईसोलेसनमा रहनु भएका सम्पूर्ण महानुभावहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।


यस महामारी रोकथाम, नियन्त्रण र उपचारका लागी यस गाउँपालिकाले विपद व्यवस्थापन कोष स्थापना गरी संचालनमा रहेको ब्यहोरा जानकारी गराउँदछु । आ।व। २०७६र७७ मा कोषको रकम राहत वितरण, क्वारेन्टाईन व्यवस्थापन, स्वास्थ्य सुरक्षा सामग्री खरिद जस्ता विपद् संग सम्बन्धित कार्यमा खर्च गरिएको र आ।व। २०७७र७८ मा राहत वितरण कोभिड विशेष अस्पताल सञ्चालन तथा ब्यवस्थापन, स्वास्थ्य सुरक्षा सामाग्री खरिद जस्ता विपद् संग सम्वन्धित कार्यमा खर्च गरिएको ब्यहोरा सम्मानित सभालाई जानकारी गराउन चाहन्छु ।
विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरी सहयोग पुर्‍याउनुहुने रोहिणी गाउँपालिकाका कर्मचारी परिवार, जनप्रतिनिधिहरु, शिक्षकहरु, कोरियामा रोजगारको सिलसिलामा रहनुभएका रोहिणी तथा देवदह निवासी सहयोगी महानुभावहरु, रेडक्रस सोसाइटी धकधई शाखा, लायन्स क्लव, प्रतिमा निमा मेमोरियल फाउन्डेशन तथा अन्य सहयोग गर्ने सबै दानवीर महानुभावहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।
महामारी रोकथाम र नियन्त्रणमा अग्रपङ्तीमा खट्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी, तथा ब्यवस्थापन कार्यमा संलग्न सबै कर्मचारी ,सुरक्षाकर्मी तथा जनप्रतिनिधी एवं राजनीति दल, समाजसेवी ब्यक्तित्वहरू, पत्रकारहरुप्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।
राज्यको पुनः संरचना पश्चात नेपालको संविधान, ९द्दण्ठद्द० अनुसार गठित जनताले देख्न र अनुभुति गर्न सक्ने स्थानीय सरकारको रूपमा हामी निर्वाचित भएपछि चार आ।ब।को बार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन हुनै लागेको र जनताले विकास र उन्नतिको महशुस गरिरहेको अवस्थामा कोरोना भाइरस ९कोभिड(ज्ञढ० को सामना गर्न हामी सबै सकृयरूपमा अहोरात्र खटेर लागेको कारण स्थानीय सरकार सक्षम रहेको प्रमाणित भएको र स्थानीय सरकारको महत्व र गरिमा अझ बढेको ब्यहोरा जानकारी गराउन पाउँदा गौरव महशुस गरेको छु ।
गाउँपालिकामा शासकीय प्रवन्ध, सेवाप्रवाह र विकास निर्माणका लागि आवश्यक पर्ने धेरै कानुनहरु निर्माण भईसकेका छन । हाल सम्म १९ ऐन, ४ नियमावली, १५ कार्यविधि र २ निर्देशिकाहरु तयार भई कार्यान्वयनमा आईसकेका छन् । यस गाउँपालिकाका सबै कानुनका साथै संघीय सरकार र प्रदेश सरकारका सम्पूर्ण नीति तथा कानूनहरुको कार्यान्वयन गरि गराई विधीको शासनको प्रत्याभूति गर्ने( गराउने नीति अवलम्बन गरिनेछ ।
हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(ज्ञढ० ले गर्दा आम जनजीवनमा पारेको असरले रोहिणी गाउँपालका पनि प्रभावित भएको छ ।योजना तथा कार्यक्रम संचालन गर्न असहज अवस्था परेको, योजना तर्जुमा विधि र प्रकृया अनुसरण गरी गाउँ टोल तथा वडा भेलाको आयोजना गर्न स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट जोखिम पूर्ण रहेको अवस्थामा आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट कार्यान्वयनमा देखा परेको वर्तमान चुनौतिलाई सामना गर्दै "हाम्रो रोहिणी राम्रो रोहिणी"भन्ने मान्यताका साथ रोहिणी गाउँपालिकाले अघि सारेको
कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य संस्कृति र सभ्यता ।
सुखी जनता र समृद्ध रोहिणीको प्रतिवद्धता ।
भन्ने दीर्घकालिन सोच सहित आ।ब।२०७८⁄०७९ को गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

क० आर्थिक विकासः(
ज्ञ। कृषिलाई आर्थिक समृद्धिको मेरूदण्ड मान्दै “व्यवसायिक कृषि पेशा अबलम्वन गरौं आत्म निर्भर बनौूँ भन्ने उद्देश्यका साथ कृषिलाई आद्युनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिनेछ । व्यवसायिक तथा साना कृषकहरूलाई अनुदानको ब्यवस्था गरिनेछ ।
द्द। गाउँपालिका क्षेत्रभित्र उत्पादन गर्न सकिने कृषिजन्य, तरकारीजन्य, फलफुल, मासुजन्य तथा दूधजन्य वस्तुहरुमा गाउँपालिकालाई आत्मनिर्भर र व्यवसायिक वनाउनविशेष कार्यक्रम संचालन गरिनेछ ।
घ। खुल्ला मासु विक्रिवितरण परिपाटिको अन्त्य गरी स्वस्थ मासु विक्रि(वितरणको लागि आवश्यक व्यवस्था मिलार्इनेछ ।
द्ध। कृषि पेशालाई सम्मानित र व्यवसायिक वनाइ कृषिमा आधारित जनताको जीवनस्तर सुधार गर्न कृषकहरुको तथ्याङ्क संकलन गरी निश्चित मापदण्डको आधारमा कृषकको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
छ। कृषि उपज तथा कृषिजन्य उत्पादनमा वृद्धि गर्न सिञ्चाई सुविधा प्रवर्धन गर्ने नीति अबलम्बन गरिनेछ ।
ट। किसानको लागत मुल्य प्राप्तीको सुनिश्चताको लागी कृषि तथा पशु विमा कार्यक्रमलाई प्रोत्साहन गर्न गाउँपालिकाले सहजीकरण गर्ने नीति अबलम्बन गरिनेछ ।
ठ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ब्यवसायिक कृषि उत्पादन केन्द्र ‍९पकेट० विकास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।
ड। एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन हुने किसिमका कृषि गतिविधि सञ्चालन गर्ने नीति अवलम्बन गरिने छ ।
ढ। संघीय सरकारको सहयोगमा आ।व। २०७७र७८ मा सञ्चालित साना व्यवसायी कृषि उत्पादन केन्द्र ९पकेट० बिकास कार्यक्रमलाई निरन्तरता दिदै आ।व। २०७८र७९ मा गहुँबालीको साना व्यवसायी कृषि उत्पादन केन्द्र ९पकेट० विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्ञण्। माटो र जमिनको रक्षाका लागि रासायनिक मलमा मात्र निर्भर नभै गोठे मल, प्राङ्गगारिक मल जैविक मल उत्पादन कार्यमा प्रोत्साहन गरिने छ ।
ज्ञज्ञ। व्यवसायिक पशुपालक कृषकलाई उत्पादन बढाउनको लागि यान्त्रिकरण र मेसिनरी औजार लगायतका समान अनुदानमा उपलब्ध गराईनेछ ।
ज्ञद्द। आधुनिक कृषि व्यवसायबाट मात्र उत्पादन बढ्ने, रोजगारीको सृजना हुने हुँदा उत्पादनलाई बढावा दिदै बजारीकरण गर्ने तथा उपलब्ध हाटबजारहरुको सुधार र उचित व्यवस्थापन गरिदै लगिनेछ ।
ज्ञघ। दीर्घकालिन कृषि योजनाले अवलम्बन गरेका नीतिहरुका आधारमा खाद्यान्यवाली, नगदेवाली, तेलहनवाली, दलहनवाली, च्याउखेती, व्यवसायिक तरकारीखेती, माछापालन, कुखुरापालन तथा पशुपालनको लागि नश्ल सुधार तथा धान र गहुँ वालीको पकेट क्षेत्रको रूपमा विकास गर्न संघीय र प्रदेश सरकारको समेत सहयोगमा गाउँपालिकाले प्राथमिकता दिनेछ ।
ज्ञद्ध। कृषकको साझेदारीतामा संघ, प्रदेश समेतको सहयोग र समन्वयमा तरकारी तथा फलफुलको संरक्षणको लागि शीतभण्डार निमार्णको लागि आवश्यक कदम चालिनेछ ।
ज्ञछ। कृषि विकास र उत्पादन वृद्धिका लागि सिञ्चाई सुविधा अभिवृद्धि हुने सबै सम्भावित कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ ।
ज्ञट। माछापालनको माध्यमबाट आयआर्जन वृद्धि तथा रोजगारीमा बृद्धि गर्नका लागि माछा पालनको क्षेत्र विस्तार गर्न अभिप्रेरित गराई नयाँ पोखरी निर्माणमा अनुदान तथा पुराना पोखरी भएका कृषकहरुलाई भुरा तथा उत्पादनमा अनुदान दिने नीति लिइने छ ।सघीय सरकारको सहयोगमा माछाको पकेट क्षेत्र विकास र विस्तारको लागि किसानलाई अभिप्रेरित गरिनेछ ।
ज्ञठ। राज्यको कृषि सम्बन्धीनीति अनुसरण गर्दै कृषि वाली बीमा तथा पशु बीमाका कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाईनेछ ।
ज्ञड। विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेको सीपको विवरण समेत रोजगार सेवा केन्द्रमा अद्यावधिक गरी त्यस्तो जनशक्तिलाई स्थानीय तह भित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय, उद्योग र कृषि लगायतका क्षेत्रका रोजगारदातासँग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गर्ने व्यवस्था मिलाईनेछ ।ञ्
ज्ञढ। स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यमहरुको प्रवर्द्धन गर्न सीपमूलक तालिमको व्यवस्था गरी उत्पादित वस्तुहरुको बजारीकरण सुनिश्चित हुने व्यवस्था मिलाइनेछ ।
द्दण्। आर्थिक रुपले अति विपन्न श्रमिक तथा मजदुरलाई रोजगारी उपलब्ध गराउन श्रममुलक प्रविधीको प्रयोग गरी कार्यान्वयन गरिने आयोजनाहरु छनौटमा प्राथमिकता दिइने छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारहरुलाई रोजगारिको अवसर प्रदान गरिनेछ ।
द्दज्ञ। गाउँपालिकाभित्र सम्भावित नयाँ उद्योगहरु स्थापना गर्न लगानीमैत्री वातावरण वनाईनेछ । उद्योग र व्यापारमा आवद्ध संस्थाहरुको सहकार्यमा गाउँपालिका भित्र सञ्चालन गर्न सकिने विभिन्न सम्भावित उद्यमहरु पहिचान गरी उद्योग स्थापना गर्न लगानिकर्ताहरुलाई प्रोत्साहन गरिनेछ । लघुउद्यम विकास कार्यक्रम मार्फत नयाँ लघु उद्यमी तयार गरिनेछ ।
द्दद्द। गाउँपालिका भित्र रहेका सम्पूर्ण मजदुरहरुको अभिलेख राख्ने व्यवस्था मिलाईनेछ र मजदुरहरुको स्वास्थ्य उपचार र उनीहरुका बालबालिकाको शिक्षाको सुनिश्चितताको लागि कार्यविधि तयार गरी मजदुर हित तथा कल्याणकोषको व्यवस्था गरिनेछ । सोको लागि औद्योगिक व्यवसायीहरुसँग सहकार्य, समन्वय र सहयोगको वातावरण मिलाईनेछ ।

द्दघ। गाउँपालिकाभित्र रहेका ऐलानी, पर्ती , सार्वजनिक जग्गा, सार्वजनिक पोखरी, कुलो जस्ता सार्वजनिक महत्वका सम्पत्तिको नक्साङ्कन र सिमाङ्कन गरी संरक्षण गर्ने नीति अबलम्बन गरिनेछ ।
द्दद्ध। सहकारीका सात सिद्धान्तको अनुसरण गर्दै सहकारी संघ संस्थालाई प्रोत्साहन हुने किसिमका कार्यहरु संचालन गरि स्व(रोजगारलाई प्रवर्द्धन गरिनेछ ।
द्दछ। यस गाउँपालिका क्षेत्रमा उद्योग,व्यवसाय र व्यापार संचालनमा गाउँपालिकाले सहयोगी र समन्वयकारी भूमिका निभाउने छ । रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगारहरुलाई निजी क्षेत्रबाट समेत रोजगारीको अवसर उपलब्ध गराई रोहिणी गाउँपालिकाभित्र सञ्चालित उद्योगहरुमा स्थानीयबासीको अपनत्व सृजना गर्न र रोजगारीको अवसरबाट जीवनस्तर उठाउन मद्दत गर्न उद्योगी व्यवसायीहरुसँग समन्वय र सहजीकरण गर्ने नीति अवलम्वन गरिनेछ ।साथै उद्योगहरुलाई आवश्यक पर्ने सीपयुक्त जनशक्तिपूर्तिको लागि उद्योगहरुको सहकार्यमा सीपमुलक तालिमको व्यवस्थापन गरिनेछ ।
द्दट। संघीय सरकार र प्रदेश सरकारको सहयोगमा रोहिणी गाउँपालिका वडा नं २ र ४ मा रमणीय वातावरणमैत्री पार्क स्थापना र सञ्चालन गरि आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिइनेछ ।
द्दठ। भूमिगत सिञ्चाई प्रणालीको निर्माण, सुधार, मर्मत सम्भार र सञ्चालन तथा सञ्चालनमा रहेका सिञ्चाई बोरिङ्गहरुलाई आयोजना तथा उपभोक्ताहरु सँगको समन्वयमा मर्मत सम्भार, सञ्चालनलाई नियमितता दिन आवश्यक सहजीकरण गरिनेछ ।
द्दड। योजना तथा कार्यक्रम तर्जुमा गर्दा स्थानीय कच्चा पदार्थ, सीप र प्रविधीको प्रयोग हुने तथा रोजगारी सिर्जना गर्ने आयोजना छनौटमा प्राथमिकता दिईनेछ ।
ख० सामाजिक विकास
स्वास्थ्यः
द्दढ। कोभिड–१९ मा स्थानिय तहमा खटिने स्वास्थयकर्मी तथा जनशक्तिलाई स्वास्थ्य सुरक्षा सामग्री( मास्क, पञ्जा , सेनिटाईजर, पि।पि।ई। हरुको अभाव नहुने गरी निर्धक्कसँग सेवा प्रवाहमा लाग्ने वातावरण स्थापित गरिनुका साथै स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ उत्प्रेरित भई काम गर्ने ब्यवस्था मिलाईनेछ ।
घण्। गाउँपालिकामा सञ्चालन गरिएको कोभिड बिशेष अस्पताल र कार्यरत जनशक्तिलाई कोभिडको प्रभाव रहदाँसम्म निरन्तरता दिई सञ्चालन गर्ने र कोभिडको प्रभाव न्यून भएपछि १५ शैय्याको आधारभूत अस्पतालमा परिणत गरिदिन संघीय सरकारलाई अनुरोध गरिनेछ ।
घज्ञ। धकधई प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नति गरी १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन ९म्एच्० सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइसकिएकोले सो को लागि आवश्यक बजेट व्यवस्थापन गर्न पुःन अनुरोध गरिनेछ ।
घद्द। नेपाल सरकारको नीति अनुसार अत्यावश्क स्वास्थ्य सेवाको पहुँच एवं गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्य सेवा पूर्वाधार विकास र नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क ‍ उपलब्ध गराउन तोकिएका औषधीहरुको अभाव हुन दिईने छैन ।
घघ। औषधी, औषधीजन्य सामग्री र उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्रीहरुको खरिद प्रक्रियालाई प्रभावकारी व्यावस्थित र गुणस्तरीय बनाईनेछ ।
घद्ध। गाउँपालिका भित्रका नागरिकहरुलाई असाध्य रोग लागेमा तथा दुर्घटना वा विपद्को कारणले गम्भीर घाइते भएमा कार्यविधि बनाई राहत उपलब्ध गराउने नीति अवलम्बन गरिनेछ ।
घछ। स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउन सबै स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित रुपले सञ्चालन गरिनेछ । पुराना स्वास्थ्य संस्थाहरुका भवनहरु लाई प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गर्दै नयाँ ढाँचामा निर्माण गर्दै लगिनेछ ।
घट। कोभिड संक्रमणको सम्भावित जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित साथ होम आइसोलेसनमा बस्न अभिप्रेरित गर्ने तथा स्वास्थ्यमा समस्या देखिनासाथ अस्पतालमा सम्पर्क राखि स्वास्थ्यकर्मीको सल्लाह अनुसार आफ्नो जीवन रक्षा गर्न सजग रहन सबै नागरिकलाई अपिल गरिन्छ । बिरामीको उपचार र सहयोगमा कोभिड अस्पताल सधै तयारी अवस्थामा बस्ने नीति अवलम्बन गरिनेछ ।
घठ। कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाको क्षमता विकास तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
घड। गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइनेछ । रोहिणी गाउँपालिका भित्रका बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउने गर्भवती महिलालाई सुत्केरी हुन स्वास्थ्य संस्थामा जाँदा र सुत्केरी पश्चात घरमा फर्कदा एम्बुलेन्स शुल्क नलाग्ने व्यवस्था मिलाईनेछ ।
घढ। कोभिड–१९ का कारण विद्यार्थी, गर्भावती महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, डिप्रेसनमा रहेका व्यक्तिहरुका लागि मनो(सामाजिक परामर्श र आवश्यक सहजीकरण गरिनेछ ।
द्धण्। अस्पताल, स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईबाट प्रदान गर्ने खोप सेवा,सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, पोषण लगायतका जनस्वास्थ्य सेवाहरु र उपचारात्मक सेवाको लागि आवश्यक ‍औषधी उपकरण तथा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिइ उचित व्यवस्थापन गरिनेछ ।
द्धज्ञ। खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभुत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गराई उचितरुपमा परिचालन गरिनेछ ।
द्धद्द। आमा र शिशुको स्वास्थ्यलाई ध्यान राखि बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गर्ने र बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुति गराइएका रोहिणी गाउँपालिका भित्र स्थायी बसोबास भएका सुत्केरी महिलालाई कार्यविधि बनाई श्रावण १ गते देखि नै कार्यान्वयन गर्ने गरी उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम संचालन गरी पोषण सामाग्री उपलब्ध गराउने नीति लिईनेछ ।
द्धघ। गाउँपालिकाका सवै वडा तथा टोलहरुलाई नियमित खोप सुनिश्चितताका लागि जनस्वास्थ्य कार्यालयसंगको समन्वयमा स्थानीय सामुदायिक संस्था, स्वास्थ्यकर्मी र महिला स्वयम् सेविकालाई अझ बढी क्रियाशिल बनाईदै लागिनेछ ।
द्धद्ध। जग्गा ब्यवस्थापन भएका स्थानहरुमा खोप केन्द्रको निर्माण गर्दै लगिनेछ ।
शिक्षाः(
द्धछ। ूगुणस्तरीय शिक्षा रोहिणीको प्रतिबद्धताू भन्ने मुल ध्येय सहित सबै बालबालिकालाइ विद्यालयमा अनिवार्य पठाउँ, सिकाउँ र टिकाउँ भन्ने अभियान सहित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा भौतिक पुर्वाधार विकाससँगै गुणस्तर वृद्धिमा जोड दिइनेछ र राम्रो नतिजा ल्याउने विद्यालयहरुलाई क्रमशः पुरस्कृत तथा सम्मान गरिनेछ ।
द्धट। शैक्षिक क्षेत्रलाई व्यवस्थित, प्रभावकारी, पारदर्शी र अनुमानयोग्य बनाउन तथा जनशक्ति व्यवस्थापन गर्न गाउँपालिकाको शिक्षा नीति तथा आवधिक शैक्षिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
द्धठ। प्राविधिक शिक्षा आर्जन गरेका बिद्यार्थीहरुले सहज रुपमा रोजगारी प्राप्त गर्न सक्ने सम्भावना रहेकोले संघ र प्रदेशको सहयोग र समन्वयमा प्राविधिक शिक्षाको विकास र बिस्तार गर्दै लगिनेछ ।
द्धड। रोहिणी गाउँपालिकाको इतिहास, भूगोल, संस्कृति, चालचलन, रीतिरिवाज, भाषा, आर्थिक(सामाजिक, क्रियाकलाप र पर्यटकीय स्थल झल्किने गरी स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिनेछ ।
द्धढ। सबै वर्गका बालबालिकाहरुको बिद्यालयमा पहुँच स्थापित गर्दै शैक्षिक गुणस्तरको सुनिश्चितता प्रदान गरिनेछ । सबै बिद्यालयहरुमा बालमैत्री भौतिक पूर्वाधार निर्माणमार्फत संस्थागत सक्षमता अभिबृद्धि गरिनेछ ।
छण्। कोरोना भाईरसका कारण विद्यालय बन्द रहेको अवस्थामा नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम बैकल्पिक विधीहरु प्रयोग गरी पठनपाठन सुचारु गर्न आवश्यक सहयोग र सहजीकरण गरिनेछ ।
छज्ञ। शिक्षकहरुको क्षमता विकास गर्नको लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
छद्द। मुस्लिम समुदायका छात्र(छात्राहरुको शिक्षामा सहज पहुँच बृद्धि गर्न धार्मिक बिद्यालयहरु ९मदरसा० को भौतिक पूर्वाधार निर्माण र शैक्षिक वातावरण निर्माणमा ध्यान दिइनेछ ।
छघ। आजका बालबालिका भविश्यका कर्णधार हुन भन्ने यथार्थलाई आत्मसात गर्दै बालबालिकाको सर्वसुलभ शिक्षा, स्वास्थ्य र पोषणमा ध्यान दिइनेछ । सार्वजनिक विद्यालयका बालबिकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवाखाजाको ब्यवस्था गरिनेछ ।
छद्ध। सबै विद्यालयहरुको कार्यसम्पादन मुल्याङ्कन गरी विद्यालयको श्रेणी मापन गरिनेछ ।
छछ। विद्यालयमा कार्यरत जनशक्तिको मनोवल उच्च राख्ने कार्यलाई प्राथमिकता दिईनेछ । आवश्यकता अनुसार कार्य क्षेत्र र जिम्मेवारी समेत हेरफेर गरी कर्तब्य प्रति लगनशील हुन अभिप्रेरित गरिनेछ । विद्यालय जनशक्तिको कार्यसम्पादनलाई नतीजासँग आवद्ध गर्नका लागि कार्यसम्पादन करार गरिनेछ ।
छट। छात्राहरुलाई नियमित विद्यालय आउने वातावरण श्रृजना गरिने छ र संघीय सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनिटरी प्याड निःशुल्क र भरपर्दो तरिकाबाट उपलब्ध गराइनेछ ।
छठ। विद्यालय स्तरीय शिक्षामा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्दै पठ्न पाठनलाई गुणस्तरीय एवम् समयानुकुल बनाइनेछ ।
छड। संघीय सरकार र प्रदेश सरकारको सहयोगमा क्रमशः सबै मा।वि। हरुमा विज्ञान भवन र प्रयोगशालाको उचित ब्यवस्था गरिने नीति लिईनेछ ।
छढ। शैक्षिक कार्यक्रमहरुलाई प्रभावकारी र पारदर्शी तरीकाले कार्यान्वयन गरिनेछ ।
टण्। विद्युतीकरण नभएका विद्यालयहरुमा विद्युत ब्यवस्थापन गरिनेछ ।
टज्ञ। रोहिणी गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कक्षा ११ मा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि आकर्षण गराउने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।यसबाट गाउँपालिका भित्रकै शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने परिपाटीको विकास हुनेछ ।
युवा तथा खेलकुदः
टद्द। जिल्ला खेलकूद विकास समिती एवम् खेलकूद विकाससँग सम्बन्धित संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी खेलकूद विकासका लागि खेलकूद कार्यक्रम सञ्चालन, खेल मैदान निर्माण, सामाग्री वितरण एवम् राष्ट्रिय तथा क्षेत्रीय स्तरमा सञ्चालित प्रतियोगिमा सहभागी हुने खेलाडीहरुलाई प्रोत्साहन गरिनेछ ।
टघ। राष्ट्रका लागि खेलकूद र स्वास्थ्यका लागि खेलकूद भन्ने मान्यता अनुसार युवा केन्द्रित खेलकूद कार्यक्रम सञ्चालन गरिनेछ ।
टद्ध। अध्यक्षकप क्रिकेट तथा उपाध्यक्ष कप भलिवल प्रतियोगिता सञ्चालन गरी खेल संस्कृतको विकास गरिनेछ ।
टछ। विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
टट। युवाहरुमा उद्यमशीलता, सृजनशीलता एवम् सकारात्मक सोचको विकास गर्ने अभिप्रायका साथ सोही अनुरुपका सीप र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै लगिनेछ ।

खानेपानी तथा सरसफाईः(
टठ। सवैका लागि स्वच्छ खानेपानी सुविधा पुर्‍याउन खानेपानीका लागि भूमिगत पानीको व्यवस्था सहित ‍ओभरहेड ट्याङकी निर्माण गरी स्वच्छ खानेपानी ब्यवस्थापन गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गरिनेछ ।धकधई खानेपानी आयोजना लगायत रोहिणीका उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने आयोजनाहरुलाई विस्तार गर्न पहल गरिनेछ ।
टड। खुला दिसामुक्त गाउँपालिका भैसकेकोले टोल विकास संस्थाहरु र समुदायको अगुवाई र सक्रियतामा पूर्ण सरसफाईका क्रियाकलापहरु आरम्भ गरिनेछ । हाम्रो रोहिणी सुन्दर र सफा रोहिणी भन्ने नाराका साथ सरसफाईलाई सभ्यता र स्वास्थ्यको दृष्टिकोणबाट हेर्न जनमानसलाई सचेत गराईनेछ ।
टढ। गाउँपालिकाले खानेपानी तथा सरसफाईका सम्बन्धमा तयार गरिएको रणनीतिक योजनाले मार्गदर्शन गरे बमोजिमका कार्यक्रमहरु कार्वान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
महिला बालबालिका ज्येष्ठ नागरिक लगायत लक्षित समुदायः
ठण्। आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मुस्लिम, पिछडावर्ग, अपांङ्गता भएका व्यक्ति लगायतका वर्ग तथा समुदायलाई सीपमूलक ,आयमुलक र रोजगारमुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
ठज्ञ। महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र वहिष्करण अन्त्यका लागि लैंगिक समानता तथा महिला सशक्तिकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
ठद्द। मानव बेचबिखन पीडितरप्रभावितहरुको उद्धार स्वदेश फिर्ती तथा पुनर्स्थापनाको लागि शुभअवसर ग्राम नेपालसँगको सहकार्यमा मानव बेचबिखन तथा पुनःस्थापना कोष निर्माण भई सकेको र सो कोषको कार्यान्वयनका लागि निर्देशिका समेत निर्माण भईसकेकोले प्रभावकारी रुपमा सञ्चालन र कार्यान्वयन गरिनेछ ।
ठघ। अपाङ्गताको प्रकृति अनुरुप आय आर्जनको लागि तालिम तथा सुविधाजनक सामग्री वितरणको ब्यवस्था मिलाईनेछ ।
ठद्ध। सवै वडा तथा टोलहरुलाई बालमैत्री घोषणा गर्न आवश्यक कार्यहरु गरिनेछ ।
ठछ। राष्ट्रिय सांस्कृतिक धरोहर लगायत विभिन्न जाती र समुदायका परम्परागत सम्पदाहरुको संरक्षण र सम्वर्द्धन गर्ने कार्यलाई जोड दिइनेछ।
ठट। छुवाछुत मुक्त समाज निर्माण र जातीय विभेद मुक्तिका लागि जनचेतना र पहुँच अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।
ठठ। अपांङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर र स्वाभिमान बनाउनका लागि समान अवसर तथा सेवा सुविधामा पहुँच बढाउन उनीहरुको सहयोग पुग्ने किसिमका कार्यक्रमहरु सञ्चालन गरिने छ । घर परिवार र समाजमा फरक क्षमता भएका ब्यक्तिलाई माया गर्ने वातावरण श्रृजना गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
ठड। जेष्ठ नागरिकहरुको आधारभुत अधिकारको संरक्षण गर्दै उनीहरुको लागि सम्मानजनक तथा सन्तुष्टिपूर्वक जीवनयापनका आवश्यक कार्यक्रम कार्वान्यन गर्ने तर्फ जोड दिइने छ । जेष्ठ नागरिकलाई माया र सम्मान गर्ने नीति लिईनेछ ।
ठढ। रोहिणी गाउँपालिका भित्रका ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका विरामीहरुका लागि निःशुल्क आधारभुत औषधी उपलब्ध गराउने नीति अवलम्वन गरिनेछ ।
डण्। ज्येष्ठ नागरिक ९८० वर्ष भन्दा माथि० का र क वर्गका अपाङ्गहरुका लागि कार्यतालिका बनाई स्वास्थ्यकर्मीद्धारा घरदैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिनेछ ।
डज्ञ। घर नभएका अति विपन्न परिवारलाई संघीय र प्रदेश सरकारको सहयोग र समन्वयमा तथा गाउँपालिकाको समेत आफ्नै लगानीमा घर निर्माण गराई नागरिकहरुको आवासको सुनिश्चितता प्रदान गर्ने नीति लिईने छ ।सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको शुरुबाट नै कार्यान्वयन गर्न पहल गरिनेछ ।
डद्द। सीमान्तकृत विपन्न तथा अति गरीवहरुका लागि आयआर्जन सम्बन्धी सीपमुलक कार्यक्रम गरिनेछ ।
डघ। आदिबासी जनजातीको भाषा,संस्कृति संरक्षण र सम्वर्द्धन गरिनेछ ।
डद्ध। दलित वर्गको उत्थान,विकास, संरक्षण, सम्वर्द्धन, सशक्तीकरण र आयआर्जनका लागि जोड दिईनेछ ।
डछ। मुस्लिम तथा पिछडिएका वर्गको आय आर्जन, सीप विकास जस्ता प्रत्यक्ष फाईदा पुग्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
डट। न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सवै किसिमका अन्याय र अत्याचारको अन्त्यको लागि पहल गरिनेछ ।
डठ। सबै जात,जाति वर्ग समुदायको धर्म, संस्कृतिको सम्मान र संरक्षण गरिनेछ ।
सामाजिक सुरक्षा तथा संरक्षणः(
डड। भूमिहीन दलित,भूमिहीन सुकुम्बासी, अव्यवस्थित नागरिकहरुको लगत संकलन गरी आयोगमा सिफारिस गर्ने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
डढ। बैंकहरुसँगको समन्वय र सहकार्यमा सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत अझ सरल र छिटो तरिकाले भुक्तानी गर्ने ब्यवस्था मिलाइनेछ । छिटो,छरितो र सुलभ तरिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकहरूलाई सम्मान गरिने छ
ग)पुर्वाधार विकासः
ढण्। विकासका पूर्वाधारमा सडक पहिलो शर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइनेछ । सडक स्तरोन्नतीसँगै नाली निर्माण गरिनेछ ।
ढज्ञ। सडकको चौडाई न्यूनतम ६ मिटर कायम गर्न सबैलाई अभिप्रेरित गरिनेछ । सबै सडकहरुको मापदण्ड निर्माण र नामाकरण गरिनेछ ।
ढद्द। सडकको क्षेत्राधिकार ९चौडाई० पुर्याउने दायित्व सडकको दायाँ वायाँ घर जग्गा हुने नागरिकको हुने हुंदा सबै नागरिकहरुलाई सकारात्क सोँच, भावना र बिचार सहित विकास निर्माणमा पूर्णरुपमा सघाउ पुर्‍याउन गाउँपालिका हार्दिक अनुरोध गर्दछ । यदि ठूलो विवाद भई योजना कार्यान्वयन हुन नसक्ने वातावरण सृजना भएमा त्यस्तो योजनालाई विवादरहित क्षेत्रमा कार्यान्वयन गर्ने नीति अवलम्वन गरिनेछ ।
ढघ। गाउँपालिकाको भवन निमार्णका लागि जिल्ला समन्वय समिति रूपन्देहीसँग अनुरोध गरिएकोमा जिल्ला सभामा रोहिणी गाउँपालिकालाई भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने प्रस्ताव भएकोले जिल्ला समन्वय समिति परिवार र जिल्ला सभालाई गाउँपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै उक्त जग्गामा भवन निर्माणको काम यथाशीघ्र अगाडि बढाइनेछ ।
ढद्ध। गाउँपालिका क्षेत्रभित्र सडक सञ्जाल निर्माणका लागि सडक गूरुयोजना तयार गरी व्यवस्थित र योजनाबद्ध तरीकाले स्तरीय सडक सञ्जाल निमार्ण गरिने नीति अनुसरण गरिनेछ ।
ढछ। मापदण्ड विपरीत बनेका सडकहरुमा गाउँपालिकाको लगानीलाई निरुत्साहन गरिनेछ । हाल सञ्चालनमा रहेका सडकहरुलाई क्रमशः मापदण्डको दायरामा ल्याउन पहल गरिनेछ ।
ढट। विद्युत वितरण प्रणालीलाई प्रभावकारी बनाउन विद्युत प्राधिकरणसँग समन्वय गरी आवश्यकता अनुसार ट्रान्सफर्मरको क्षमता वृद्धि, थप तथा लाईन विस्तार गरी सबै घरहरुमा र वस्तीहरुमा विद्युतीय सेवा पुर्याउने नीति लिइनेछ ।
ढठ। बैकल्पिक उर्जा समेतको प्रयोग गर्दै गाउँपालिकाका बजार क्षेत्रहरुमा उज्यालो रोहीणी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ढड। मर्मत सम्भार कोषको व्यवस्था गरी मौसम तथा अन्य गतिविधीबाट क्षयीकरण हुने पूर्वाधार तथा ग्रामीण सडकहरुको मर्मत सम्भार व्यवस्था गरिनेछ ।
ढढ। भैरहवा विशेष अर्थिक क्षेत्र ९क्भ्श्० भित्र निर्माण भएका र अब निर्माण हुने भवनहरुको नक्सा पास कार्यलाई ब्यवस्थित रुपमा कार्यान्वयनमा ल्याइनेछ । उद्योग ब्यवसायलाई सहज बनाउन उक्त क्षेत्रभित्र निर्माण भएका र नयाँ निर्माण हुने भवनहरुको नक्सा पास प्रकृयालाई अझ बढी सहज र सहुलियतपूर्ण बनाउने नीति लिइनेछ ।
ज्ञण्ण्। आर्थिक बर्ष २०७७र७८ मा बोलपत्रको माध्यमबाट निर्माण कार्य गर्न सम्झौता भई काम प्रारम्भ गरी महामारी प्रकोपको कारण जारी निषेधाज्ञा र बर्षातको कारणले सम्पन्न हुन नसकी अधुरा रहेका योजनाहरुको म्याद थप गरि कार्यान्वयन गराउने व्यवस्था मिलाइनेछ ।
ज्ञण्ज्ञ। रोहिणी गाउँपालिकाको ब्यवस्थित रुपमा विकास गर्न प्रदेश तथा संघीय सरकारसँग योजना माग गर्दा आवश्यकता अनुसार परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन ९म्एच्०तयार गरिनेछ ।

घ० वातावरण तथा विपद व्यवस्थापनः(
ज्ञण्द्द। कोभिड–१९ लगायत अन्य विपदहरुको रोकथाम तथा न्यूननीकरणको लागि पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद् व्यवस्थापन कोषमा आवश्यक बजेटको व्यवस्थापन गरी प्रभावकारी रुपमा विपदको व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
ज्ञण्घ। पूर्वाधार विकासका क्रियाकलापहरु सञ्चालन गर्दा विपद् जोखिम संवेदनशीलतालाई केन्द्रविन्दुमा राखी कार्यान्वयन गर्न सघाउ पुग्ने गरी डिजाइन तथा इष्टिमेट गर्ने व्यवस्था मिलाइनेछ ।
ज्ञण्द्ध। २०७७ श्रावण १ गते देखि यस गाउँपालिका भित्र लागु भएको नयाँ घर बनाउदा अनिवार्य रुपमा नक्सा पास गर्ने र पुराना घरहरुको अभिलेखिकरण गर्ने कार्यपालाई ब्यवस्थित गर्दै लगिनेछ।नयाँ भवन नर्माण गर्दा अनिवार्य रुपमा राष्ट्रिय भवन संहिता पालना गर्नु पर्ने तथा पुराना भवनमा तला थप गर्दा राष्ट्रिय भवन संहिता अनुसार मात्र अनुमति दिइनेछ ।
ज्ञण्छ। हरियो रोहिणी कार्यक्रमलाई शुरुवात गर्न आद्युनिक नर्सरी स्थापनामा जोड दिई सार्वजनिक जग्गा, ऐतिहासिक स्थलहरु,नदी किनार, नदी उकास, नहर तथा सडक किनारमा वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ यसबाट रोजगारीको सृजना हुनुका साथै वातावरण संरक्षणमा सघाउ पुग्नेछ।
ज्ञण्ट। जलवायू परिवतर्नका असरहरुलाई न्युनिकरण गर्नका लागि अनुकुलन कार्यहरु गर्दै वातावरण संरक्षण गर्ने नीति अवलम्वन गरिनेछ ।
ज्ञण्ठ। नदीजन्य पदार्थको उपभोग गर्दा आवश्यकता अनुसार भ्क्ष्ब् तथा क्ष्भ्भ् गराई मापदण्डको परिपालना गर्ने गराउने नीति लिईनेछ र नदी किनारामा वृक्षारोपण तथा तटबन्ध गरिनेछ ।
ज्ञण्ड। एक गाउँ एक पोखरी नीति अनुरुपको कार्यक्रमलाई कार्यान्वयन गरिनेछ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेका पोखरीहरुको संरक्षण र सम्वर्द्धन तथा सुन्दरीकरण गर्ने नीति अपनाइनेछ ।
ज्ञण्ढ। प्रत्येक वडामा १(१ वटा उद्यानको स्थापना गर्ने नीति अनुसरण गर्दै स्वच्छ र हराभरा रोहिणीको कार्यक्रम संचालन गरिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उद्यान स्थापना र सार्वजनिक पोखरी सुन्दरीकरण गर्ने योजनालाई प्राथमिकतामा राखिनेछ ।
ज्ञज्ञण्। गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलहरुको संरक्षण र सम्वर्द्धनका लागि योजना बनाई सरोकारवालाहरुको सहभागिता जुटाई वृक्षारोपणका कार्यक्रम क्रमशः सञ्चालन गरिनेछ ।
ज्ञज्ञज्ञ। वारुण यन्त्रको व्यवस्थापन तथा सञ्चालन गर्न छिमेकी नगरपालिका, गाउँपालिका, प्रदेश र केन्द्रहरुसँग समन्वय गरी आवश्यक कार्यक्रम अगाडि बढाइनेछ ।
ज्ञज्ञद्द। नेपाल सरकारले मिति २०७८ श्रावण १ गतेदेखि लागू हुनेगरि गरेको प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४ण् माईक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन आयात बिक्री बितरण र प्रयोगमा पूर्णरुपमा प्रतिवन्ध लगाउने निर्णयलाई रोहिणी गाउँपालिका भरि पूर्णरुपमा कार्यान्वयन गर्ने नीति अवलम्बन गरिनेछ ।
ज्ञज्ञघ। विपद् आउन नदिन जनचेतना अभिवृद्धि गर्ने तथा विपद् आइपरेमा राहत,पुर्नस्थापना तथा उद्दार कार्य गर्न विपद्व्वस्थापन कोषको माध्यमबाट उद्दार सामग्री सहितको व्यवस्था गरिनेछ ।
ज्ञज्ञद्ध। गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन रणनीतिक प्रतिकार्य योजना तर्जुमा गरि विपद् न्यूनीकरण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।
ज्ञज्ञछ। फोहरमैला व्यवस्थापनको लागि सम्भाव्यता अध्यनन गरी उपयुक्त स्थानको पहिचान गरी क्रमशः व्यवस्थित रुपमा कार्वान्वयन गर्दै लगिनेछ
ङ० सुशासन तथा संस्थागत विकास
ज्ञज्ञट। कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शाखा वा इकाईको सेवा प्रवाहलाईसूचना प्रविधिमैत्री बनाउदैलगिनेछ । सबै कर्मचारीहरुलाई कम्प्यूटरको आधारभूतज्ञान र सीपको विकास गराईनेछ
ज्ञज्ञठ। गाउँपालिका र अन्तर्गतको बर्तमान संगठन संरचनालाई आवश्यकता र औचित्यको आधारमा परिमार्जन गरि नयाँ संगठन संरचना निर्माण गरि सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ ।
ज्ञज्ञड। बजेट योजना र नीतिहरुलाई कार्यान्वयन गर्न मध्यमकालीन खर्च संरचना ९ःत्भ्ँ०,दिगो विकासका लक्ष्यहरु, लैङ्गिक उत्तरदायी बजेट र जलवायु अनुकुलन कार्ययोजनासँग आन्तरिकीकरण गरिनेछ ।
ज्ञज्ञढ। स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन९ीक्ष्क्ब्० कार्यविधीले निर्दिष्ठ गरेका बिषयक्षेत्रहरु, सूचक र मापदण्डहरुको प्रभावकारी कार्यान्यन गरि आ।व। २०७६र७७ मा गाउँपिलकाले प्राप्त गरेका प्राप्ताङ्क प्रतिशतलाई बढोत्तरी गर्दै लैजानका लागि आवश्यक नीति र कार्यक्रमहरु संचालन गरिनेछ । यसवाट गाउँपालिकाको संस्थागत क्षमता सुदृढ भइ सार्वजनिक सेवा प्रवाह स्वच्छ, सक्षम, प्रतिस्पर्धी, निस्पक्ष, पारदर्शि, सुशासन युक्त र जनअपेक्षाअनुकुल भई सेवामा जनताको समान र सहज पहुँच स्थापित हुनेछ ।
ज्ञद्दण्। अनुत्पादक खर्चहरु कटौती गर्ने नीति अवलम्बन गरिनेछ। खरिद प्रकृयालाई पारदर्शी, प्रतिस्पर्धी एवं मितव्यीताको लागि सार्वजनिक खर्चमा मितव्ययीता सम्बन्धी निर्देशिका २०७७ को पालना गरिनेछ ।विद्युतीय बोलपत्रको अनुसरण गरिनेछ ।
ज्ञद्दज्ञ। खरिद तथा सम्पत्तिको अभिलेख व्यवस्थापनको लागि महालेखा नियन्त्रक कार्यालयले कार्यन्वयनमा ल्याएको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली को९एब्ःक्०कार्यान्वयन गरिनेछ ।
ज्ञद्दद्द। गाउँपालिकाले सम्पादन गरेका सम्पूर्ण कार्यसम्पादनहरुलाई समेटेर स्मारिका प्रकाशित गरिनेछ ।
ज्ञद्दघ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहकार्यमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण गरि व्यवस्थित र अद्यावधिक गरिने नीति अवलम्बन गरिनेछ ।
ज्ञद्दद्ध। ूसमयमा कर तिरौं गाउँपालिकाको विकासमा सहभागी बनौंू भन्ने नारालाई सार्थक बनाउन करदाता शिक्षा, कर सप्ताह जस्ता चेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
ज्ञद्दछ। प्राकृतिक श्रोत तथा नदीजन्य पदार्थहरुको उचित व्यवस्थापनगरी आन्तरिक राजस्व बढाउने तथा करका दायराहरुबढाई गाउँपालिकाको आय श्रोत वृद्धि गर्दै लैजाने नीति अनुसरण गरिनेछ।
ज्ञद्दट। जनताको सर्वोपरी हितलाई ध्यानमा राखी कानूनले अधिकार प्रदान गरेका न्यायीक कार्यलाई व्यवस्थित विश्वास योग्य, पारदर्शी बनाउदै लगिने छ । मेलमिलापकको माध्यमबाट समाजमा सामाजिक सहिष्णुता बढाउने विषयलाई जोड दिइनेछ ।
ज्ञद्दठ। रोहिणी गाउँपालिकाद्वारा निर्मित मेलमिलाप सम्बन्धी कार्यविधी २०७८ लाई प्रभावकारीरुपमा कार्यान्वयन गरि न्यायसम्पादनलाई व्यवस्थित गरिनेछ ।
ज्ञद्दड। न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सवै किसिमका अन्याय र अत्याचारको अन्त्यको लागि पहल गरिनेछ।
ज्ञद्दढ। सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार गर्दै सूचना तथा सञ्चार प्रविधि विकासमा जोड दिईनेछ ।
ज्ञघण्। गाउँपालिकाले सम्पादन गरेका कामका सबै गतिविधिहरुलाई ध्भदकष्तभमा नियमितरुपमा प्रविष्ठ गरी सबैको सूचना पाउने हकको सुनिश्चितता प्रदान गरिनेछ ।
ज्ञघज्ञ। नियमित र प्रभावकारी बजार अनुगमनको माध्यमबाट गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरु व्यवस्थित गरिनेछ ।
ज्ञघद्द। गाउँपालिका तथा वडामा सञ्चालन हुने सबै बैठक तथा कार्यक्रमहरु व्यवस्थित तथा मर्यादित रुपले सञ्चालन गरिनेछ ।
ज्ञघघ। सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई जस्ता क्रियाकलापको माध्यमबाट पारदर्शिता अभिवृद्धि गर्दै लगिनेछ ।
ज्ञघद्ध। सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी बनाउन नियमित रुपमा अडियो नोटिस बोर्ड सेवा वेवसाईट सेवा सञ्चालन, डिजिटल नागरिक वडापत्र तथा सुचना पार्टी सञ्चालन, हाम्रो रोहिणी राम्रो रोहिणी कार्यक्रम सञ्चालन तथा गाउँपालिकाको पाश्र्वचित्र प्रकाशन, लगायतका सूचना सामाग्रीहरूको प्रकाशन तथा वितरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
ज्ञघछ। योजना, जिन्सी लगायतका क्षेत्रमा क्रमशः सप्टवेयर मार्फत ब्यवस्थापन गर्ने, आवश्यक स्थानहरुमा सि।सी।टि।भि क्यामरा जडान, सञ्चार माध्यमबाट विद्युतिय सिकाई, गाउँपालिकाका,वडा कार्यालय, विद्यालयहरु, स्वास्थ्य संस्थाहरुमा क्रमशः ईन्टरनेट सुविधाको ब्यवस्थापन गर्दै जाने नीति लिइनेछ ।
ज्ञघट। गुनासो सुनुवाई इकाईको व्यवस्था गरी जनगुनासोलाई समयमै व्यवस्थापन गर्ने कार्य गरिनेछ ।‌
ज्ञघठ। गाउँपालिकाको हरेक वडाको कार्यसम्पादन लाई विद्युतीयमाध्यमबाट सञ्चालन गरिनेछ । प्रत्येक वडामा विद्युत र ईन्टरनेट सुविधालाई व्यवस्थित गरिनेछ ।
ज्ञघड। उपभोक्ता समितिको क्षमता अभिवृद्धि गरिनेछ । उपभोक्ता समिति तथा अन्य विभिन्न संघ संस्थाद्धारा सञ्चालन गरिने कार्यक्रमहरुमा स्वीकृत लागत अनुमान बमोजिम नगदमा आधारित जनसहभागितालाई जोड दिदै लगिनेछ । खरिद विधिको पालना गर्न अभिप्रेरित गरिनेछ ।
ज्ञघढ। गाउँपालिका, वडा कार्यालयहरु, विषयगत शाखाहरु, स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै कर्मचारीहरुलाई आचरण र अनुशासन पूर्णरुपमा पालना गर्दै मुस्कान सहितको सेवा प्रवाह गर्न अभिप्रेरित गरिनेछ ।‍औचित्य र आवश्यकता अनुसार जिम्मेवारीमा हेरफेर गरी सबैलाई सबै काम गर्न सक्ने गरी सक्षम बनाईनेछ ।
ज्ञद्धण्। सबै कर्मचारीहरुको कार्य विवरण ,काम,कर्तब्य र अधिकार तथा कार्य सम्पादन सम्झौता, जिम्मेवारीमा हेरफेर गर्ने लगायतका विषयमा कार्यविधि बनाई कार्यान्वयन गरिने छ ।साविकको स्थानीय निकायमा स्थायी नियुक्ति पाई हाल यस गाउँपालिकामा समायोजन भएका कर्मचारीहरुको बृत्ति विकासको लागि आवश्यक कानून बनाई लागु गरिनेछ ।
ज्ञद्धज्ञ। कर्मचारी र राजनीति वीचको अन्तरसम्बन्धलाई सेवाप्रवाहसँग आवद्ध गरिनेछ। अन्तरसम्बन्धलाई ब्यवस्थित गर्न जनप्रतिनिधीहरु र कर्मचारीहरूको काम कर्तब्य र अधिकारलाई अहस्तक्षेपकारी तरीकाले समन्वयात्मक ढङ्गबाट गर्ने नीति अबलम्वन गरिनेछ ।
ज्ञद्धद्द। ूशाखा(शाखा बीच, वडा(वडा वीच, एक अर्को संस्थाहरु वीच समन्वय र सहकार्यरोहिणी गाउँपालिकाको नयाँ संस्कारूभन्ने मान्यताका साथ सबैलाई सकारात्मक सोच तथा उच्च मनोबलका साथ सेवाप्रवाहमा लाग्न अभिप्रेरित गरिनेछ ।
ज्ञद्धघ। आन्तरिक नियन्त्रण प्रणाली अवलम्वन गर्दै आन्तरिक तथा अन्तिम लेखा परीक्षण समयमै सम्पन्न गराउदै बेरुजु फर्छ्यौट कार्यलाई प्राथमिकता दिइनेछ ।
ज्ञद्धद्ध। संघीय सरकार र प्रदेश सरकार सँगको सहकार्यमा सञ्चालन हुने योजनाको लागि समपुरक रकमको ब्यवस्था गरिनेछ ।
ज्ञद्धछ। संघ,प्रदेशसँग समन्वयको आधारमा स्थानीय सरकार सँचालन हुनेछ । ठूला योजनाहरु संघ र प्रदेश सरकारसँगको सहभागितामा सञ्चालन गर्ने नीति अबलम्वन गरिनेछ।
ज्ञद्धट। राम्रो काम गर्ने उपभोक्ता समिति र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार तथा सम्मानको ब्यवस्था गरिनेछ ।
ज्ञद्धठ। गाउँपालिका निवासी जनताको चेतना स्तर बढाउन विभिन्न चेतनामूलक कार्यक्ररमहरू सञ्चालन गरिनेछ ।
ज्ञद्धड। गाउँपालिका भित्रका सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिहरू लगायत समसामयिक सरोकारका विषयहरू आम जनमानसमा पुर्याएर योगदान गर्ने राज्यको चौथो अंग पत्रकार जगतलाई सम्मान गर्ने नीति गाउँपालिकाले अवलम्वन गर्नेछ ।
ज्ञद्धढ। गाउँपालिका क्षेत्रमा आवश्यक शान्ति तथा सुव्यवस्था कायम गरी गाउँपालिका एवं गाउँक्षेत्र भित्रको सार्वजनिक सम्पत्तिको सुरक्षा एवं संरक्षण गर्न, अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न नगर प्रहरीको व्यवस्था गर्ने नीति लिइनेछ ।

अन्त्यमा यस गाउँपालिकाले दीर्घकालिन सोच, उद्देश्य, प्राथमिकताका साथ अघि सारेका नीति तथा कार्यक्रमको सफल कार्यान्वयनले यस गाउँपालिकालार्इ समृद्ध बनाउन योगदान पुर्याउने कुरामा विश्वास राख्दछु । कोरोना रोकथाम र नियन्त्रण गर्न र अब आउने दिनमा पर्ने विपद् लगायतका अन्य चुनौतिको सामना गर्न सबै एकताबद्ध भएर अगाडि बढौं भन्ने अपिल गर्दछु । यस गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुर्‍याउनुहुने उपाध्यक्षज्यू लगायत सम्पूर्णगाउँसभाका सदस्यज्यूहरू, विषयगत समितिका पदाधिकारीहरू, बुद्धिजीवि, समाजसेवी, शिक्षक, प्राध्यापक, राष्ट्रसेवक कर्मचारीहरू लगायत सबैलार्इ हार्दिक धन्यवाद व्यक्त गर्दछु । नीति तथा कार्यक्रमहरू अनुरुप यस गाउँपालिकालाईसुखी र समृद्ध बनाउन सबैको साथ,सहयोग र सहकार्यको आशा र विश्वासको अपेक्षा राख्दछु ।
२०७८⁄०३⁄१०
धन्यवाद, जय रोहिणी
अध्यक्ष
सनोज कुमार यादव
रोहिणी गाउँपालिका, रूपन्देही

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।